चितवनमा हाफ म्याराथन प्रतियोगिता हुने

रत्ननगर, २४ पुष । लायन्स क्लब अफ बागीश्वरीको आयोजनामा चितवनमा हाफ म्याराथन प्रतियोगिता हुने भएको छ ।
लायन्स क्लब इन्टरनेशनका फाउण्डर मेल्भिन जोन्सको जन्मोत्सवको अवसर पारेर यही पुसको २८ गते भरतपुरमा हाफ म्याराथन प्रतियोगिता गर्न लागिएको हो । ‘मधुमेह सचेतनाका लागि दौड’ भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा सहभागीहरुले २१ दशमलब एक किलोमिटरको दूरी पार गर्नुपर्ने आयोजकले जनाएको छ । भरतपुर महानगरपालिकाको गेष्ट हाउस चौरबाट सुरु हुने दौडको रुट हाकिम चोक, पारसनगर, चोकबजार, नारायणपुर, प्रेमबस्ती हुँदै पुनः गेष्ट हाउस चौर रहेको प्रतियोगिता संयोजक हरिशरण श्रेष्ठले जानकारी दिए ।
करिब तीन सय जना प्रतिस्पर्धी सहभागी हुने अपेक्षा गरिएको दौडमा भाग लिनका लागि पुष २७ गते साँझसम्म नाम दर्ता गराइसक्नुपर्ने श्रेष्ठले बताए । लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु का चिफ डिष्ट्रिक्ट एडभाइजर रामप्रसाद भट्टका अनुसार प्रतियोगितामा सहभागी सबैको विमा गरिनेछ । प्रतियोगितामा पहिलो हुनेले ४० हजार रुपैयाँ, दोस्रो हुनेले २५ हजार रुपैयाँ, तेस्रो हुनेले १५ हजार रुपैयाँ, चौथो हुनेले सात हजार रुपैयाँ तथा पाँचौँ हुनेले पाँच हजार रुपैयाँ पुरस्कार पाउने भट्टले जानकारी दिए ।
त्यस्तै, ९० मिनेट मित्र निर्धारित दूरी पार गर्ने धावकले प्रोत्साहन स्वरुप एक हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.