तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप शुरु

भरत शाह
कैलाली, २४ पुुस । सुदुरपश्चिमको धनगढीमा आजदेखि तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप आज देखि शुरु भएको छ ।
उदघाटन खेलमा आयोजक सुदूरपश्चिम–११ लाई पेनाल्टी सुट आउटमा ६ का बिरुद्ध ७ गोल गर्दे मेची नेत्रालय काकरभित्ता झापा क्वाटर फाइनलमा प्रबेश गरेको छ । निर्धारीत समयमा कूनै पनि तर्फबाट गोल हुन नसकेपछि खेललाई पेनाल्टी सुटआउटमा खेलाईएको थियो ।
गोल्डकपमा आयोजक सुदुरपश्चिम– ११ स्पोर्टस क्लब ,मेची नेत्रालय काकँरभित्ता झापा, नेपाल एपिएफ, भ्याली च्यासल युवा क्लब, रुस्लान थ्री स्टार र दिल्ली एफसी , सिग्नेचर मनाङ मस्याङ्दी, सिएमजी संकटा, नेपाल पुलिस, गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, मोरङ ११ स्पोर्टस क्लब र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब सहीत १२ टीमको सहभागीता रहेको छ ।
मोफसलकै सर्वा्धिक धनराशीको प्रतियोगोता विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५÷१५ हजार रुपैयाँ पाउने छन्। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ। गर्नेछ । गोल्डकपको उदघाद्धाटन सुदूरपश्चिमका प्रदेशका मुख्यमन्त्री त्रिलोच भट्टले गर्नु भएको थियो । भोली बुधबार हुने खेलमा नेपाल पुलिस क्लबले मोरङ Ð११ को सामना गर्ने छ । प्रतियोगिताको फाइनल खेल माघ ५ गते हुनेछ ।