मर्निङ्ग वाकको क्रममा गणेशधाममा प्रचण्ड पुगेपछि……हेरौँ ६ फोटो

शंकर अधिकारी

चितवन, २५ पुस । पूर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान मर्निङ्ग वाकमा गणेशधामको निरिक्षण गरेका छन् ।
धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न लागिएको गणेशधामका विषयमा जानकारी लिनसगैँ स्थलगत निरीक्षणका लागि पूर्व प्रधानमन्त्री प्रचण्ड त्यहाँ पुगेका हुन् ।


सो अवसरमा बोल्दै अध्यक्षप्रचण्डले गणेशधामलाई चितवनकै मात्र नभई मुलुककै प्रमखु धार्मिक पर्यटकीय बनाउन विशेष सहयोग गर्ने बताए । साथै उनले स्थानियस्तरबाटै सक्रिय बनाएर निर्माण गरिने यस्ता खालका परियोजनालाई पर्यावरणसगै पर्यटन विकासमा समेत नयाँ आयम थप्ने बताए ।
सो अवसरमा ८० करोड लागत अनुमान गरिएको गणेशधाम गुरुयोजनाका विषयमा गणेशथान मन्दिर संरक्षण समितिका अध्यक्ष दिनेशकुमार चुके र भरतपुर ११ का वडा अध्यक्ष बाबुराम अधिकारीले जानकारी गराएका थिए ।
सो अवसरमा उनीहरुले गणेशधामलाई मुुलुकको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा राख्न र यसको गुरुयोजना अनुसार निर्माण सम्पन्न विशेष पहल गर्न माग राखेका थिए ।

८० करोड लागत लाग्ने धाम बनाउन केहि समय अगाडी मात्र धनधान्याञ्चलबाट ११ करोड उठेको छ । भने माघको दाश्रो हप्ता देखि काम सुरु गर्ने सो अवसरमा अध्यक्ष चुकेले गराएका थिए । सो अवसरमा मर्निङ्ग वाक गर्दै प्रदेश सासंद विजय सुवेदी, नेकपा नेता बद्री तिमिल्सीना, समितिका उपाध्यक्ष राजन श्रेष्ठ लगायतको सहभागी थियो ।