फेरी अनसन बस्दै डा. केसी,आज साढे ४ बजेबाट सुरु गर्ने

काठमाडौं,२५ पुस । सम्झौता विपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेपछि डा। गोविन्द केसीले बुधवार साढे ४ बजेदेखि अनशन सुरु गर्ने भएका छन् ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा। केसीले १६ औँ अनशन इलामको सदरमुकामस्थित फूलगाछीमा हुने उनका निकटस्थले बताएका छन्।

संसदीय समितिले बहुमतको आधारमा बुधवार दिउँसो प्रस्तावलाई जस्ताको तस्तै पारित गरेपछि डा। केसीको अनसन निश्चित भएको हो।

उपसमितिले आफूसँग गरेको सम्झौता विपरीत प्रस्ताव गरेको विधेयकलाई समितिले सच्याउने आशामा दिउँसो ४ बजेसम्म उनले समय दिएका थिए।