हतियारधारी समूह द्धारा सुडानमा ४२ जनाको हत्या

काठमाडौं २६ पुस । हतियारधारी व्यक्तिहरूको समूहले आक्रमण गरेर सुडानमा कम्तीमा ४२ जनाको हत्या गरेका छन् । सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा हतियारधारी समूहले पशुचौपायाका गोठालाहरूको हत्या गरेको हो ।

उनीहरूको आक्रमणमा परी अन्य ७८ जना गोठाला घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले अन्तर्राष्ट्रिय समाचार संस्थाहरुलाई दिएको जानकारीअनुसार गत आइतबार यो घटना भएको हो । मुर्ले आदीवासी समूहले गरेको अमानवीय व्यवहारप्रति हामीलाई पश्चाताप छ, यो घटना एकदमै अमानवीय र स्थानीय बासिन्दालाई आक्रान्त पार्ने खालको छ– बिलुले भने ।

उनले हतियारधारी समूहको आक्रमणमा परी मारिनेमा अधिकांश महिला र बालबालिका रहेको जानकारी दिए ।घाइतेहरूको अवस्था स्थिर रहेको र सयभन्दा बढी पशु चौपाया चोरी भएको अधिकारीहरूले जनाएका छन् । घटना भएको क्षेत्र दशकौँदेखि साम्प्रदायिक तथा जातीय हिंसाबाट प्रभावित हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published.