सेनाको नयाँ प्रवक्तामा ढकाल, आजैबाट सम्हाले आफ्नो जिम्मेवारी

काठमाडौँ,२६पुस । नेपाली सेनाको नयाँ प्रवक्ता यामप्रसाद ढकालले आफ्नो कार्यभार सम्हालेका छन् । आज (बिहीबार) एक कार्यक्रमबीच ढकाललाई सहायक रथी गोकुल भण्डारीले कार्यभार हस्तान्तरण गरेका थिए ।

यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहायक रथी गोकुल भण्डारी तालिम शिक्षालय खरिपाटीमा सरुवा भएपछि ढकाल नयाँ प्रवक्तामा नियुक्त भएका हुन् ।