युवा प्रहरी निरीक्षक बसन्त आचार्य ! के के गरे छोटो अवधिमा ?

प्रनिश थापा 

चितवन , २६ पौष । सबैको आ -आफ्नो पेशा हुन्छन् र उनीहरुका आफ्नै विशेषताहरु पनि । पेशा अनुसारको जिम्मेवारी पनि फरक–फरक नै हुन्छन् । अनि देशको कार्यपालिकाको मुख्य अंगका रूपमा लिइएको नेपाल प्रहरी।
झट्ट सुन्दा तीन अक्षरले बनेको यो शब्द जति मिठो छ , त्यति जोखिमयुक्त पनि । प्रहरी सेवालाई हाम्रो मात्र होइन संसारभरी नै चुनौतीपूर्ण र विशेष सेवा मानिन्छ र मानिदै आएको छ पनि । त्यहिं विशेष र चुनौतीपूर्ण पेशाप्रति आर्कषित भएर नै प्रहरी निरीक्षक बसन्त आचार्यले बि. सं ०७२ जेठ ३१ गते नेपाल प्रहरीमा निरीक्षकका रुपमा हात हाले ।
https://youtu.be/QkwRCeyTJMg
यो बीचमा प्रहरीको चुनौतीपूर्ण जीवनमा उनी रमाएका मात्रै छैनन् की आफुलाई प्राप्त संँगठनको जिम्मेवारीलाइ इमान्दारी र कुशलतापूर्वक निभाएका पनि छन् । चुनौतीलाई उनले अवसरमा बदलेका पनि छन् । पीडितहरुलाई न्याय दिलाउन पाउँदा उनी निकै आनन्दीत मात्रै भएका छैनन् की प्रफुल्लित पनि भएका छन् ।
देश र जनताप्रति कटिबद्ध भइ राष्ट्र र राष्ट्रियता माथि कुनै आँच नआउने प्रण ब्यक्ति गर्दै आज भन्दा ठिक ३ बर्ष अगाडि उनलेे प्रहरी सेवामा हात हाले । युवाअवस्थामा धेरै युवा पिढींंहरु बिदेशिए , धेरै कुलतमा फसें , बिग्रे तर, प्रहरी निरीक्षक आचार्य यहीँ युवा पिढींंको अवस्थामा मैले केही गरेर देखाउनुपर्छ भनी लागे ।
जनताको रक्षक भइ काम गर्न पाउदा उनी नतमस्तक भएका छन् । जागीरमा प्रवेश गरेपछि उनले अहिलेसम्म ३ ठाउँमा मात्रै काम गर्ने अवसर पाए । यो बीचमा उनी जहाँ बसे जनताको सेवा मात्रै गरे, जनताको ढुकढुकीमा बसे, रमाए र सबैको मन जिते । जस्ले गर्दा जागीरको छोटो अवधिमै जनता उनी प्रति प्रसन्न भए ।
यसलाई उनले उपलब्धीका रुपमा स्वीकार गरेका पनि छन् । जनताको माया पाउँदा उनले आफ्ना थुप्रै निजी आकांक्षाहरुको तिलाञ्जली समेत दिएका छन् । प्रहरीमा प्रवेश गरेपछि उनलेे २ पटक मात्रै घरपरिवार संँग चाडपर्व मनाएका छन् । बाँकी कर्तव्यपालनासगैं चाडपर्व विते र बिताए । “जनताले प्रहरीसंग बढी नै आशा र अपेक्षा राखेको तथ्यलाई आचार्यले राम्रोसंँग बुझेका छन् । जनअपेक्षा पुरा गर्ने कुरामा उनी सदैव संम्बेदनशिल छन् ।
मुस्कान सहितको सेवा, समुदाय र प्रहरी अनि प्रहरी मेरो साथी जस्ता कार्यक्रमहरुको मर्मलाई उनले राम्रोसंँग बुझेका छन् । चितवनमा पनि उनले आमनागरिकसंँग हातेमालो गरेर आफ्नो कार्यसम्पादन गरिरहेका छन् ।“ भण्डारा प्रमुखको जिम्मेवारी सम्हालेका उनको त्यहाँको शान्तिसुरक्षा नियन्त्रण र समग्र सुरक्षाको जिम्मेवारी उनकै काँधमा छ । बिकृती, बिसंगतीका रूपमा लिइएको सो, क्षेत्रको सुरक्षा रणनीतिमा आचार्यको ध्यान केन्द्रीत छ ।
राजनीतिक दल, नागरिक समाज र अन्य सुरक्षा अंगसँगको समन्वयमा शान्तिपूर्ण ढंगबाट बिकृतीलाइ निस्तेज पार्न उनी स्वयं अहोरात्र खटिएका छन् । सुरक्षा चुनौती विश्लेषण गर्दै वर्गिकरण गरेर काम गरिरहेको प्रहरी निरीक्षक आचार्य बताउँछन् । एउटा प्रहरी प्रमुखको रुपमा आइपर्ने सबै खाले अनुभव उनले पनि संगालेका छन् ।
विभागले खटाएको सबै भू–भागमा उनलेे आफ्नो क्षमता प्रर्दशन गरेका त छैनन् । तर, जागीरकै सिलसिलामा उनलेे बितेको समय ०७४ असारमा काठमाडौंंस्थित पहरा गणमा ५ महिना, ७४ कार्तिकमा ८ महिना, दबारमार्गमा ट्वाइसी भएर जागिरे जीवन बिताए र प्रमुख भएर आए ईलाका प्रहरी कार्यालय भण्डारा । व्यवसायीक सिप तथा दक्षता वृद्धिका लागि उनलेे छोटो अवधी मै एउटा वटा तालिक हासिल गरेर योग्य प्रहरी अधिकृतको परिचय स्थापित गरेका छन् ।
कर्तव्य पालनाका क्रममा दवाव महशुस गर्नु नपरे पनि आग्रह भने आउने गरेको उनको अनुभव छ । तर, कानुन भन्दा बाहिर गएर गर्नुपर्ने काम आचार्य बाट कदापि नहुने उनी सुनाउँछन् । पीडितलाई न्याय दिने र कानुन कार्यान्वयन गराउने सवालमा उनी कठोर अधिकृतका रुपमा परिचित छन् । जनताले प्रहरीसंँग बढी नै आशा र अपेच्क्षा राखेको तथ्यलाई आचार्यले राम्रोसंँग बुझेका छन् । जनअपेक्षा पुरा गर्ने कुरामा उनी संम्बेदनशिल छन् ।
मुस्कान सहितको सेवा, प्रहरी मेरो साथी, समुदाय प्रहरी जस्ता कार्यक्रमको मर्मलाई समेत उनले राम्रोसंँग बुझेका छन् । चितवनमा पनि उनले आमनागरिकसंँग हातेमालो गरेर आफ्नो कार्यसम्पादन गरिरहेका छन् । जसका कारण छोटो समयमा नै भण्डारावासीको मन उनलेे जितिरहेका छन् । प्रहरी निरीक्षक आचार्य यतिबेला समग्र भण्डारा र सो, मातहतको सुरक्षा व्यवस्था र सामाजिक विकृति नियन्त्रण गर्न केन्द्रीत छन् । चितवनको सवालमा गुण्डागर्दी ठुलो समस्या नभएको उनको भनाई छ । जिम्मेवारी सम्हालेको यो सात महिनाको अवधिमा ३१ जनालाई कारबाही गरिसकिएको छ ।
युवा- पुस्तामा देखिएको लागूऔषध दुब्यसनीले गर्दा अपराध हुने गरेको उनको निष्कर्ष छ । लागुऔषधमा ६ जना, यौन हिंसामा २ जना, चोरीका घट्नामा ३ जना मानिसलाई कानुनी कठघरामा उभ्याउन समेत उनलेे बितेको सात महिनामा उल्लेखनीय भुमिका खेले । लामोसमय देखी जारी यौनजन्य गतिविधि बन्द गराएरै छाडे ।
मदिरा नियन्त्रणको लागी उनी प्रयासरत छन् भने लागुऔषध र दुब्यसनी न्यूनीकरणमा समेत उनको उल्लेखनीय भुमिका रह्यो यो बीचमा । सात बिगाहा गाँजाफंँडानी गरेर उनलेे आफ्नु शक्ति प्रदर्शन गरे । त्यो बाहेक बैदेशिक रोजगारमा गएका परिवारको विचलन, यौन हिंसा, महिला हिंसा बढ्दै गएको उनको अनुभव छ ।
बसाइँँ सरेकाबाट पनि सुरक्षा चुनौती बढेको आचार्य बताउँछन् । लागूऔषधको दुव्र्यसनी र अपराध नियन्त्रण गर्न उनले विभिन्न कार्यक्रम अघि बढाएका छन् । जीवनलाई उनले संघर्षका रुपमा बुझेका छन् । जीवनमा दुःख र सुखका क्षणहरु आइनै रहन्छन् । प्रहरी निरीक्षकमा नाम निस्कीदा उनी निकै खुशी भएका थिए । जीवनमा पाइने अरु खुशी भन्दा त्यो खुशी फरक भएको उनको बुझाई छ ।
बुबा खग राज आचार्य र आमा डिलकुमारी आचार्यको सन्तानका रुपमा २०४७ माघ ५ गते जन्मिएका प्रहरी निरीक्षक बसन्त आचार्य विद्यालयकालदेखीको अध्ययनमा सधैं मिलनसार रहे ।
सर्वदय जनक माध्यमिक बिद्यालय बाग्लुङबाट २०६२ सालमा एसएलसी पास गरेका उनले अमृत साइन्स कलेजबाट एमएसी अध्ययन सकाए । एसएलसीमा उनलेे ६८% अंक ल्याइ पहिलो खुड्किला पार गरे अनि एमएसीमा ६२ % अंक ल्याइ अर्को खुड्किला पनि पार गरे । अनि सामान्य शिक्षण पेेेशा तर्फ लागे । त्यससँगै उनलाई देश र जनताको रक्षक भइ काम गर्ने जोश चल्यो र लागे परिवारको आवश्यक सहयोग बिना नै सिपाहीको पहरेदारी तर्फ । जनताको सिपाही बन्न पाउदा उनी प्रसन्न छन् ।
घरपरिवार, साथीभाई र इष्टमित्रको निरन्तर सहयोग, सद्भाव र मायाले जीवनको उकाली ओरालीमा सफलता हासिल गर्दै गएका छन् । अबिवाहित उनी नेपाल प्रहरीको एउटा सक्षम र आशा लाग्दा भविष्य हुन् भने एक बर्षे आफ्नु जिम्मेवारीलाइ इमान्दारीताका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता प्रहरी निरीक्षक आचार्य गरेका छन् । साथै, उनलेे सोही अनुसार आफु लाइ सहयोग गर्न समेत सबै समक्ष अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published.