नयाँ किरण माविमा अंग्रेजी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

भरतपुर, २७ पुस । नयाँ किरण माविमा अंग्रेजी हाजिरी जवाफ कार्यक्रम सम्पन्न भएको छ ।  शुक्रबार भरतपुर महानगरपालिका वडा नं. ११ भोजाडमा रहेको नयाँ किरण माध्यमिक विद्यालय भोजाडको आन्तरिक अंग्रेजी हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा दिप्सन थापा, एरियाना मगर र ज्योति गुरुङले पहिलो स्थान हासिल गरेका छन् । यसैबीच एमडी सरपराज अनसारी, यूवराज तामाङ र निश्चल लम्साल दोश्रो तथा वाङजु तामाङ, वसन्त रोकाय र प्रशान्त थापाको टिम तेश्रो भए ।


पहिलो दोश्रो र तेश्रो हुुनेलाई मेडलले पुस्कृत गरिएको प्रतियोगिताका संयोजक राजेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
फास्टर फिङ्गगर  फस्ट विधिद्वारा ६० जनाबाट छनौट गरि १८ जनालाई ३–३ जनाको ६ ग्रुप बनाई प्रतियोगिता संचालन गरिएको थियो ।
हाजिरी जवाफ कार्यक्रमको सहजीकरणको भूमिकामा शिक्षकहरु, राजेन्द्र बहादुर कार्की र राज सेढाँई रहेका थिए ।
,विद्यालयका प्रधानाध्यापक रामेश्वर अधिकारीको सभापतित्वमा प्रतियोगिता सम्पन्न प्रतियोगितामा सहायक प्रअहहरु विश्वनाथ रेग्मी र कुश्माखर न्यौपाने अतिथिको रुपमा रहेका थिए
। शिक्षक कृष्ण कसुदामाको विशेष सहयोगी भूमिका रहेका थिए ।