चितवनमा नै पहिलो पटक रिमोटबाट चल्ने पर्दा

चितवन, २७ पुष । चितवनमा नै पहिलो पटक रिमोट कन्ट्रोलबाट सञ्चालन हुने पर्दाहरु भित्रिएको छ ।
मनकामना सप्लायर्सले भित्र्याएको पर्दा जुन सुकै साइजको झ्यालमा राख्न सकिने सञ्चालक विश्वनाथ सापकोटाले बताए । फरक फरक डिजाइनमा उपलब्ध पर्दाहरु रिमोर्टको सहायताले खोल्न र लगाउन सकिने सापकोटाको भनाइ छ । ती पर्दाहरु घर, कार्यालय सजावटका लागि उपयुक्त हुने सापकोटाको भनाइ छ ।
भटिकल पर्दा, रोलर पर्दा, भिनेसन पर्दा, जेब्रा पर्दा, रिमोर्ट कन्ट्रोलर पर्दालगायतका नयाँ डिजाइनका पर्दाहरु बिक्री गरिने उल्लेख गर्दै सापकोटाले चितवत महोत्सवको स्टल नम्बर ४७५ बाट समेत आफूहरुले सेवा प्रदान गरिरहेको बताए । घर तथा कार्यालयमा नै उपस्थित भएर पर्दाको साइज नाप गरि गुणस्तरीय तरीकाले पर्दा जडान गर्ने सापकोटाको भनाइ छ ।