निर्धारित समयमा नै फाष्ट ट्रयाक निर्माण हुन्छ : रक्षामन्त्री पोखरेल

चितवन, २७ पुष । उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले काठमाडौँलाई तराईसँग जोड्ने फाष्ट ट्रयाक निर्धारित समायमा नै पूरा हुने बताउनुभएको छ ।
नेपाली सेनाले काम सुरु गरेको सो सडक निर्धारित समयमा नै पूरा हुने गरि निर्माणको काम दू्रत गतिमा भइरहेको पोखरेलले बताउनुभएको हो । निजगढ काठमाडौँ फास्ट ट्रयाक राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको आयोजना हो । २०७४ साल बैशाखमा मन्त्री परिषद्ले निर्णय गरेर ७४ साल साउनमा नेपाली सेनालाई औपचारिक रुपमा काममा जिम्मा दिइएपछि काम अगाडि बढेको पोखरेलले बताउनुभयो ।
आज चितवनको भरतपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा रक्षा मन्त्री पोखरेलले अहिलेको अवस्था भनेको व्यवस्थामा परिवर्तनको भएकाले अब चाँडै नै देशमा विकासको लहर आउने बताउनुभयो । कानुन र संरचना निर्माणमा समय लागेकाले जन अपेक्षा अनुसार काम गर्न ढिलाई भएको पोखरेलको भनाइ छ ।