राजकुमार भट्ट जसले अष्ट्रेलियामा वसेर खानेपानीको निर्वाचन जिते

चितवन, २७ पुस । राप्ती नगरपालिकाको पिप्ले खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार राजकुमार भट्ट निर्वाचित भएका छन् । संस्थाको शुक्रवार भएको मतदानबाट हाल अष्टे«लियामा रहेका भट्ट निर्वाचित भएका हुन् । पारिवारीक भेटघाटका क्रममा भट्ट केही दिन अघि अष्ट्रेलियामा गएका थिए । निर्वोचन समितिका संयोजक रामेश्वर सिंह ओलीका अनुसार कुल खसेको ८ सय ४९ मत मध्ये स्वतन्त्र उम्मेदवार भट्टले ५ सय ९३ तथा नेकपा निकटका नवराज पाठक ९श्याम ० ले २ सय ३७ मत मात्र पाए । पार्टी अनुशासन विपरित खानेपानीको निर्वाचनमा उम्मेदवारी दिएको भन्दै नेकपाले यही २५ गते पार्टीको सदस्य समेत नरहने गरी भट्टलाई निस्कासन गरेको थियो । भट्टले यही २३ गते खानेपानीको निर्वाचनका लागि विष्णुदेवी ठकुरी मार्फत उम्मेदवारी दर्ता गरेका थिए । नेकपा र काग्रेशबीच भागवण्डा गर्ने सहमती भएकोमा भट्टले त्यसको विरुद्ध उम्मेदवारी दिएका हुन् । लगत्तै नेकपाले पार्टीबाट निस्कासन गरेको हो । काग्रेशले पाठकलाई समर्थन गरेको थियो । सचिवमा पनि स्वतन्त्र उम्मेदवार रामेश्वर गौतम ६ सय ४२ मतका साथ निर्वाचित भएका निर्वाचन समितिका संयोजक ओलीले वताए । उनका निकटतम प्रतिद्धन्द्धी विश्वराम सेढाईले २ सय २६ मत प्राप्त गरे ।

अन्य पदमा भने यसअघिनै निर्विरोध भएको थियो । संस्थाको उपाध्यक्षमा घनश्याम उप्रेती,कोषाध्यक्षमा सरस्वती पाठक,सहसचिवमा रामप्रसाद वर्तौला निर्विरोध भएका थिए । त्यस्तै सदस्यहरुमा शशिकुमार ओली,स्मृति रिजाल,रामजंग श्रेष्ठ,गुणराज थपलिया,गंगा राई र शिष्टता पन्त थपलिया सर्वसम्मत भएको निर्वाचन समिति संयोजक ओलीले वताए । खानेपानीको १ हजार ५४ जना मतदाता थिए । सर्वसम्मत भएका मध्ये उपाध्यक्ष उप्रेती,कोषाध्यक्ष पाठक,सदस्यहरु ओली,रिजाल,श्रेष्ठ र थपलिया नेपाली काग्रेश निकटका हुन् भने सहसचिव वर्तौला,सदस्यहरु राई र पन्त नेकपा निकटका हुन् ।