मुग्लिनमा निशुल्क आँखा शिविर सम्पन्न

मुग्लिन,२८ पुस । मुग्लिनमा एक दिने आँखा शिविर सम्पन्न भएको छ। कर्तब्यनिष्ठ महिला समाज इच्छाकामना ५ मुग्लिङ्गको आयोजनामा र भरतपुर आंखा अस्पतालको सहयोगमा निशुल्क आँखा शिविर सम्पन्न भएको हो । बरिष्ट डक्टरहरू द्वारा आँखा जाच गरिएको थियो ।

शिविरमा आँखा परिक्षण, निशुल्क औषधि वितरण र निशुल्क आँखाको अप्रेशन समेत गरिएको थियो । प्रदेश न ३ का माननीय प्रदेश सभा सदस्य मिलन बाबु श्रेष्ठले आँखा शिविरको उद्घाटन गर्नुभएको थियो ।