ग्रेट एफ एमको २४ घण्टा प्रसारण सुरु, सञ्चारमाध्यमले सहि र सकरात्मक सुचना दिनुपर्छ : उपप्रधानमन्त्री पोखरेल

 

चितवन पौष २८ । चितवनको खैरहनीमा रहेको नेपालकै पहिलो सेल्फ अप रेडियो ग्रेट एफ. एम. १०६.४ मेगाहर्जले नियमित २४ घण्टा प्रसारण सुरु गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले रेडियोको २४ घण्टा प्रसारणको शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले रेडियो राज्यको प्रभावकारी सञ्चारमाध्यम भएकाले जनतालाई सहि सुचना दिनबाट कहिल्यै चुक्न नहुने बताउनुभयो । उहाँले देशबिकास र राज्य सञ्चालनमा रेडियोको भुमिका महत्वपुर्ण रहने भएकाले सधै नकरात्मक बिषयमा मात्र नभई जनतामा आशा जगाउने सकरात्मक सामाग्रि प्रसारणमा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । देशमा भएको सिस्टम परिवर्तन र सत्ता परिवर्तनलाई बुझेर सहिलाई सहि र गलतलाई गलत सम्प्रेषण गर्न उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै प्रदेश नं. ३ का कृषि तथा भुमि ब्यवस्था मन्त्री दावा दोर्जे लामाले राजनितिक आन्दोलनमा सञ्चारमाध्यमले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले तीन तहको सरकारको गतिविधि, बिकासक्रम र समाजिक बिषयलाई रेडियोले समेट्न सक्नुपर्ने धाराणा राख्नुभयो । केन्द्रिय, प्रदेश तथा स्थानिय सरकारले कृषि, पर्यटन, खेलकुद लगायत क्षेत्रमा बिकास तथा रोजगार सिर्जनाका लागि विभिन्न योजनाहरु ल्याउने तयारी गरिरहेकाले त्यसमा रेडियोले पनि हातेमालो गर्नुपर्ने बताउनुभयो । सो अवसरमा प्रदेश सांसद कृष्ण प्रसाद खनाल, प्रदेश ३ का प्रमुख राजनितिक सल्लाहकार जि एन थपलिया, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेकपाका जिल्ला इन्चार्ज इश्वरी भट्टराई लगायतले रेडियोलाई शुभकामना ब्यक्त गर्नुभयो ।

रेडियोका अध्यक्ष पण्डित बालकृष्ण अर्यालले समाजका हरेक गतिविधिलाई जनतामाझ पुर्याउन रेडियोले भुमिका खेल्ने बताउनुभयो । उहाँले सरकारको हरेक योजनामा रेडियोको सकरात्मक भुमिका रहने बताउदै सहि सुचना सम्प्रेषण गर्नु सञ्चारमाध्यमको दायित्व रहेको औल्याउनुभयो । अगामि दिनमा पनि सबैसँग हातेमालो गर्दै अघि बढ्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कला पाठशाला मिडिया प्रा लि द्धारा सञ्चालित रेडियोले २०६९ सालबाट प्रसारण सुरु गरेको हो । रेडियोले छैठौ बर्ष प्रवेश गरेको अवसरमा २४ घण्टा प्रसारण सुरु गरेको हो । सुचना र मनोरञ्जनमा नयाँ आयाम थप्ने उद्धेश्यले १८ घण्टा रहेको प्रसारण अवधिलाई निरन्तर २४ घण्टा बनाइएको रेडियोका प्रबन्ध निर्देशक अनिल कुवँरको भनाइ छ ।

भण्डारामा ग्रेट प्लसको उदघाटन

राप्ती नगरपालिकाको भण्डारामा कला पाठशाला कलेज प्रा. लि. द्धारा सञ्चालित ग्रेट प्लस ८८.५ मेगाहर्जको औपचारिक उद्घाटन गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले रेडियोको औपचारिक उदघाटन गर्नुभएको हो । सो अवसरमा प्रदेश नं. ३ का कृषि तथा भुमि ब्यवस्था मन्त्री दावा दोर्जे लामा, प्रदेश ३ का प्रमुख राजनितिक सल्लाहकार जि एन थपलिया, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेकपाका जिल्ला इन्चार्ज इश्वरी भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

समाजका हरेक गतिविधिलाइ जनतामाझ पुर्याउन र सुचनाबाट कोहि पनि बञ्चित हुन नपरोस भन्नका लागि ग्रेट प्लसको अवधारणा ल्याइएको कला पाठशाला कलेज प्रा. लि.का अध्यक्ष अर्जुन लम्सालले बताउनुभयो । उहाँले सरकारको हरेक योजनामा सकरात्मक भुमिका खेल्न रेडियो सधै तयार रहेको पनि बताउनुभयो । रेडियोले स्थानिय बिषयलाई प्रथामिकतामा राखेर मनोरञ्जन तथा सुचनामुलक सामाग्रिहरु प्रसारण गर्ने रेडियोका प्रबन्ध निर्देशक रामेश्वर रिजालले बताउनुभयो । रेडियोले केहि महिना अघिदेखि परिक्षण प्रसारण गर्दै आएको थियो ।