छैठौं खिचरा महोत्सव सुरु, सबै सँस्कृतिको संरक्षणले मात्रै एकता बलियो : पोखरेल

चितवन, पुस, २८ । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले हरेक जातजाती, भाषा र सँस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताउनुभएको छ ।

थारु जातीको माघी पर्व ९खिचरा०को अवसरमा आजदेखि पूर्वी चितवनको खैरहनीमा सुरु भएको छैठौं खिचरा महोत्सव २०७५ को समुद्घाटन गर्दै पोखरेलले एउटा जाती, भाषा, सँस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता बलिय नबन्ने भन्दै संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । उहाले भन्नुभयो “एक जातिले अर्को जातिलाई हेप्दा राष्ट्रिय एकता र सामाजिक सद्भाव कमजोर बन्छ , जातिय सद्धभावमा आगो लाग्यो भने जातिय सद्धभाव र राष्ट्रियतामा खतरा पुग्ने छ ।” उपप्रधान तथा रक्षामन्त्री पोखरेलले निर्मला पन्तका हत्यारा पत्ता लागिसेको बताउनुभएको छ ।

उहाँले हत्यारा पत्ता लागिसेको र उनीहरुलाई प्रक्रिया पुर्याएर छिट्टै कारबाही गर्ने पनि बताउनुभयो । हत्यारा कुनैपनि हालतमा उम्कन नसक्ने भन्दै केही समय ढिलो भएकाले कुनै पनि हालतमा कानुनको कठघरामा उभ्याई छाड्ने दाबि गनुृभयो । चैत महिना भित्र सरकारले नयाँ कानुन बनाउने र त्यही कानुन र संरचना अनुसार सरकार अगाडी बढ्ने बताउनुभयो । उहाँले खिचरा महोत्सवले सबै जातजातिको सँस्कृतिलाई उजागर गर्न सहयोग गरेको भन्दै यस्ता महोत्सवहरु आयोजना गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश न। ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले राष्ट्रिय एकता कायम गरी मुलुकलाई समृद्ध बनाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पि।एच।डी अध्ययन पुरा गर्नुभएका डा।सञ्जय चौधरी,थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का संस्थापक सभापति नारायण प्रसाद महतो,संस्थापक सचिव दिलीप महतो र खैरहनी ५ का वडा अध्यक्ष स्वर्गीय विश्व विजय बस्नेतलाई मरणोप्रान्त सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा साँसद कृष्णप्रसाद खनाल,पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी,प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, रत्ननगर नगरपालिकाका मेयर नारायण वन,थारु कल्याणकारिणी सभा चितवनका अध्यक्ष ललीतकुमार चौधरी,नेता जोखा चौधरी,स्वागत तथा सत्कार समितिकी संयोजक चन्द्रकुमारी चौधरी लगायतले मन्तव्य राख्नुभएका थिए ।

‘राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान’ भन्ने नारासहित सुरु भएको महोत्सव माघ ७ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका–५ स्थित गौचरनमा चल्नेछ । यसवर्ष महोत्सव परिसरमा चिटिक्क परेको थारु मिनि गाउँ निर्माण गरिएको छ । मिनी गाउँसंगै महोत्सवमा आँखामा पट्टि बाधेर हाँस समाउने प्रतियोगिता,खुल्ला नृत्य प्रतियोगिता,स्लो साईकल रेस,भेटरान दौड, डुंगा सयर लगायतका कार्यक्रमहरु समावेस गरिएको आर्थिक समितिका संयोजक टीकेन्द्र चौधरीले जानकारी दिनुभयो । महोत्सवमा थारु खानाका परिकारका स्टल लगाएत २०० स्टल रहनेछ । महोत्सव परिसर भित्रै थारु खानाका परिकार घोङ्घी, चिचर, माछा लगाएत अन्य फुड फेष्टिबल हुनेछ ।

महोत्सवमा बाल उद्यान, मनोरञ्जनात्मक खेलहरु पनि महोत्सव परिसरभित्र राखिनुका साथै महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तर्गत राष्ट्रिय कलाकार तर्फ काली प्रसाद बासकोटा, अञ्जु पन्त, दिपक बज्राचार्य, आस्था राउत, काउली बुढी, हेमन्त शर्मा, मिलन लामा, सुनिल पण्डित, अर्जुन कौशल, सुरेश लामा, अल्मोडा राना, पशुपति शर्मा रहेका छन् भने थारु कलाकार तर्फ मनोज महत्तो, सन्जय चौधरी, श्री निवास चौधरी, अनु चौधरी, अमितसिंह चौधरी, रोहितसिंह चौधरी, नरेश जोगी, निकिता मण्डल थारु, आर के चौधरी ¥यापर लगायतका थारु कलाकारहरुको सहभागिता रहेने सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक जयस चौधरीले जानाकारी दिनुभयो ।

महोत्सव सम्पन्न गर्न करिव ४० लाख रूपैयाँ बराबर खर्च हुने र करिव १ करोड बरावरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सव परिसरभित्र प्रवेश गर्नका लागि ५० रुपैयाँ टिकट शुल्क लाग्ने र विद्यार्थीका लागि ९ परिचय पत्रका आधारमा० ३० रुपैयाँ टिकट लाग्ने जनाइएको छ । साथै ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई निशुल्क अबलोकन गर्न व्यवस्था गरिएको छ ।

उद्घाटन कार्यक्रम मूल आयोजक समितिका संयोजक चुणमणी चौधरीको अध्यक्षतमा भएको थियो । महोत्सव उद्घाटन पूर्व बिहान विभिन्न जातजातिका झाँकी, संघसंस्था, आमा समुह, टोल बिकास संस्था, क्लव लगाएतका संघसंस्थाहरुको सहभागितामा शोभायात्रा निकालिएको थियो ।