क्याम्पाचौरमा फुड फेस्टिबल सुरु, प्रेसिडेन्ट सेकुवासहित ४ विशेष रेष्टुरेन्ट आर्कषण (फोटोफिचर)

 

चितवन, २८ पुस । १२ औं चितवन महोत्सव अन्तर्गत नारायणगढको क्याम्पाचौरमा शनिबारदेखि फुडफेस्टिबल सुरु भएको छ ।
५ दिनसम्म चल्ने फुडफेस्टिबलको शनिबार प्रदेश सांसद मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका हुन् ।
फुड फेस्टिबल उद्घाटन गर्दै सांसद श्रेष्ठले आदिवासी जनाजातिको मौलिक खानाको प्रचार प्रसारका लागि कार्यक्रमको प्रभावकारिता रहनुपर्ने बताए ।
चितवन महोत्सवको गरिमासंग जोडिएको फुडफेस्टिबलले खानाको मौलिक परिकारलाई चिनाउन पहल गर्नुपर्ने बताए ।
सोहीअवसरमाबोल्दै चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले फुड फेष्टिवलमा खानाको गुणस्तरमा विेशष ध्यान दिनुपर्ने बताए ।
यस्तै नेवा पुचः नारायणगढका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यले खानका स्वादक पारखीहरुलाई फुड फेष्टिवल अर्कषित गर्ने बताए ।  
फेस्टिबलमा चितवनमा पहिलो पटक फरक पहिचनसहितआउन प्रेसिडेन्ट सेकुवा सहितको ४ विशेष स्टल गरि ३५ वटा स्टल रहेका छन् ।
विविध खेल गतिविधि सांगितिक कार्यक्रम सहित फुडफेष्टिवल आयोजना गरिएको संयोजक योगिता पियाले जानकारी दिएकी छिन् ।