इच्छाकामनामा कवि कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन कार्यक्रम सम्पन्न

कुरिनटार, ११ माघ । इच्छाकामना साहित्य प्रवाहको आयोजनामा “साधक भावक भेटघाट” कार्यक्रमको प्रथम शृङ्खला चितवनको इच्छाकामना गाउँपपालिका वडा न.३ चुम्लिङटार स्थित कवि निवासमा बिहिबार साँझ कृष्णप्रसाद पोखरेलको एकल कविता वाचन सम्पन्न भएको छ ।

सर्वशान्ति मा वि कुरिनटारका पूर्व प. अ. एकराज शर्माको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कवि पत्नी राधादेवी पोखरेल , समालोचक तेजबिलास अधिकारी, पूर्व प्र.अहरु माधवप्रसाद खनाल, श्रीरेन्द्र प्रकाश पोखरेल , उद्योग ब्यबसायी चन्द्रमणी सापकोटा , कलाकार कमल सिलवाल, पत्रकार रोहिणी त्रिपाठी , सरस्वती पोखरेल लागायतका इच्छाकामना साहित्यप्रवाह कार्यसमितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कविका एक दर्जन कविता वाचन गरिएको थियो । कविका रचनालाई धुर्ब अधिकारी , सुजन सापकोटा , रामनाथ त्रिपाठी र बालप्रतिभा सोनिमा पोखरेलले समेत वाचन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published.