चुनौतिका बीच पनि मोफसलमा अवार्ड कार्यक्रम गरेरै छाड्छौं : ‘लक्की’

चितवन पछिल्लो समय नेपाली चलचित्रको विकास भएसंँगै अवार्डका कार्यक्रमहरुको संख्यामा पनि बृद्धि भइरहेको पाउंँछौ । नेपाली कला , संस्कृति र समाजमा भए गरेका समसामयिक बिषयवस्तुलाई चलचित्रको माध्यमद्धारा समाजलाई सही मार्गनिर्देशन दिनुपनि चलचित्रको उद्धेश्य हुन्छ । तर सबै चलचित्र सामाजिक , राजनैतिक बिषयवस्तुमा आधारित हुदैनन । चलचित्रमा मनोरञ्जन दिनुका साथै आफूले बनाएका चलचित्रबाट आम्दानी गर्नुपनि सबै चलचित्रकर्मीको उद्धेश्य हो ।
व्यवसायिक रुपमा निर्माण गरिएका कतिपय चलचित्रले चर्चाको साथै लाखौं रुपैया पनि आम्दानी गरिरहेको हामीले देख्दै आएका छौं । बर्षमा सयौं चलचित्र निर्माण भइरहंँदा औलामा गनिन् केही चलचित्रले मात्र सफलता पाउनु भने दुःखद कुरा हो । चलचित्रको संख्यात्मक रुपमा बृद्धि भएसंँगै चलचित्रमा अवार्डका कार्यक्रम राख्नु अहिले फेशन जस्तै बनेको छ ।
काठमाडौमा विभिन्न विधामा विभिन्न संस्थाहरुले अवार्डको आयोजना गर्दै आएका छन । तर यी दिइएका अवार्डहरु कति न्यायिक छन , यसका मापदण्ड के के हुन भन्ने कुरामा त्यति गम्भिर रुपमा लिइएको पाइदैन ।
लोकप्रियता र गुणस्तरलाई प्राथमिकता दिनुपर्ने यस्ता कार्यक्रममा पछिल्लो समय सस्तो लोकप्रियता कमाउने नाउंँमा अवार्ड किनबेच गर्ने घटनाहरु पनि नौला होइनन । तर चलचित्र क्षेत्रको मुख्य व्यवसायिक थलो काठमाडौंमा जस्तो मोफसलमा भने अवार्ड कार्यक्रम गर्नु ठूलो चुनौतिहरु छन । कारण कलाकारहरु सहज पहुंँच मोफसलमा नहुन, अवार्ड गराउने आयोजकहरु तथा विज्ञहरुको कमी तथा खर्च ज्यादा हुने गरेका कारण पनि मोफसलमा अवार्ड कार्यक्रम हुन सकेका छैनन ।
मोफसलमा रहेर निरन्तर रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो र च्यारीटी शो गर्दै पनि आएको र विभिन्न सामाजिक कार्यमा सक्रिय लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की “लक्की“ संँग यिनै बिषयसंँग केन्द्रीत रहेर गरिएको कुराकानीको अंश 
१) लक्की मिडिया हाउस चितवन के कस्ता संस्था हो , यसले के के गर्दै आइरहेको छ ?
विगत एक दशक अगाडीबाट नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको मोफसलकै एकमात्र संस्था लक्की मिडिया हाउस चितवन हो । यसले चितवन तथा यस वरीपरीका क्षेत्रमा रहेर नेपाली चलचित्रहरुको कलाकारहरुको साथमा निरन्तर रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो र च्यारीटी शो गर्दै आएको छ । साथै यसले सञ्चारमाध्यमबाट नेपाली चलचित्र , कला, संस्कृतिको लागि जगेर्ना र संरक्षण गर्न टेवा पुरयाउंँदै आइरहेको छ । यसका साथै यस संस्थाले सामाजिक क्रियाकलापमा समेत आफ्नो हात बढाईरहेको छ ।
२) लक्की मिडिया हाउस चितवनले नेपाली सिनेमा क्षेत्रको उत्थानमा कस्तो भूमिका खेलेको छ ?
बिशेषगरी हाम्रो संस्थाको मूल उद्धेश्य भन्नु नै यस क्षेत्रको प्रर्वद्धन गर्दै , राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा कलाको माध्यमद्धारा नेपाललाई चिनाउने उद्धेश्य हो । यसको अलावा नेपाली सिने तथा कला क्षेत्रमा भएका समस्यालाई दिशा निर्देश गराउन र सम्बन्धित निकायको ध्यान आर्कषण गर्नपनि यसले भूमिका खेलेको छ भन्ने ठानेको छु । हामीले केन्द्रमा हुने रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे र अवाड लगायत अन्य गतिविधिलाई मोफसलमा नै नेतृत्व दिनेगरी काम गरिरहेका छौ । शायद हामी केही हदसम्म आफ्नो लक्ष्यमा सफल भइरहेका छौं ।
३) पछिल्लो समय फिल्मी क्षेत्रको महत्व र प्रभावकारीता घट्दै गएको छ , यसको गुणस्तर विकास गर्न के गर्नुपर्ला ?
हो , पछिल्लो समय गुणात्मक रुपमा भन्दा पनि सस्तो र संख्यात्मक रुपमा चलचित्र निर्माण हुने क्रम बढ्दो छ । सीमित श्रोत साधन र अस्वस्थ प्रतिस्पर्धाका कारणपनि यसको गुणस्तर घट्दै गएको छ । त्यसैले संख्यात्मक रुपमा चलचित्रको निर्माण गर्नुभन्दा गुणात्मकरुपमा चलचित्र निर्माण हुनु जरुरी छ । बिशेषगरी यस क्षेत्रमा काम गर्ने कलाकर्मी, सञ्चारकर्मी लगायत सम्बद्ध सरोकारवालाहरुले समयमै यसको गुणस्तरीयता तर्फ ध्यान दिनु जरुरी छ ।
४) लक्की मिडिया हाउस चितवन सिनेक्षेत्रको लागि लोकप्रिय संस्थाको रुपमा स्थापित भइसकेको छ , आगामी दिनमा यसले सिनेक्षेत्रको लागि के के काम गर्दैछ ?
हो, लक्की मिडिया हाउस चितवनले मोफसलमा मात्र नभई सिंगो देशमा यस क्षेत्रको विकासको लागि अनवरत लागिरहेको छ । विभिन्न चुनौति र समस्याका बाबजुद , सिने क्षेत्रको बजारलाई प्रर्वद्धन गर्न तथा यहांँका कलाकारहरुलाई प्रोत्साहित गर्न हाम्रो संस्थाले विभिन्न अवार्ड कार्यक्रमको साथै श्रष्टा सम्मानका कार्यक्रम गर्दै आइरहेका छौं । आगामी दिनमा यसलाई थप व्यवस्थित र गुणस्तरियता दिनको लागि अवार्ड कार्यक्रम गर्न लागिरहेका छौं । यो अवार्ड मोफसलमा मै पहिलो कार्यक्रम हुनेछ ।
५) मोफसलमा अवार्डको आयोजना गर्न के कस्ता चुनौति छन ?
मोफसलमा अवार्ड गर्नु केन्द्रमा अवार्ड गर्नु भनेको फलामको चिउरा चपाउनु सरह हो, किनकी केन्द्रमा अवार्ड गर्नको लागि प्राविधिक सहजता तथा कलाकारहरुको सहभागिता उल्लेखनीय रहन्छ । तर मोफसलको बजार सानो रहेको हुंँदा यहांँ अवार्ड आयोजना गर्दा निकै ठूलो पहाड चढे जस्तै चुनौति छ । कारण यहांँ अवार्ड कार्यक्रममा चाहिने हल, प्रविधि र प्राविधिकको सहजता छैन । अर्कोकुरा काठमाडौंबाट कलाकार ल्याउनु तथा उनीहरुको व्यवस्थापन गर्न निकै चुनौति हुन्छ । थौरै खर्चमा यस्ता कार्यक्रम आयोजना गर्न जोसुकैले आंँट गर्न सक्दैन ।
६) यस्ता चुनौति बीच पनि मोफसलमा अवार्ड किन गर्दैहुनुहुन्छ ?
लक्की मिडिया हाउस चितवन एकमात्र यस्तो संस्था हो यसले आफ्नो व्यवसायिकतालाई भन्दा पनि सामाजिक कार्यलाई प्राथमिकता दिन्छ । हामीले विभिन्न मनकारी संस्था लगायत हामीले गरेको् आम्दानीलाई यस क्षेत्रको प्रर्वद्धनको लागि खर्च गरेका छौं । हालसम्म हामीलाई विभिन्न व्यवसायिक संस्थाहरुले साथ र सहयोग दिदै आउनु भएको छ । उहांँहरुकै प्रेरणाले हामीले मोफसलमा अवार्डको आयोजना गर्ने तयारी गरेका हौं । हामीले विभिन्न चुनौति र समस्याकाबीच मोफसलमा अर्वाड गरेरै छाडछौ, यो हाम्रो दायित्व पनि हो । हामी हाम्रो लक्ष्य र उद्धेश्यप्रति सधै सचेत र प्रतिबद्ध रहनेछौं ।

5 thoughts on “चुनौतिका बीच पनि मोफसलमा अवार्ड कार्यक्रम गरेरै छाड्छौं : ‘लक्की’

  1. Thank you for every other informative site. Where else may just I am
    getting that kind of info written in such a perfect approach?

    I’ve a mission that I am simply now working on, and I’ve been at the look out for such info.

  2. When I originally commented I clicked the “Notify me when new comments are added” checkbox and now
    each time a comment is added I get four emails with
    the same comment. Is there any way you can remove me from that service?

    Thank you!

Leave a Reply

Your email address will not be published.