सौराहा  फुड फेष्टिवल पर्यटक लक्षित उत्सव हो : संयोजक ध्रुव गिरी 

ध्रुव गिरी सौराहाका स्थापित युवा व्यवसायी हुन । उनले व्यवसाय संगै सीमान्तकृत चेपाङ समुदायको उत्थानको लागि चितवनको पहाडी क्षेत्र सिद्धिमा काम गरेका छन । सपना भिलेज सोसियल इम्प्याक्टका अध्यक्ष समेत रहेका गिरीले सोही संस्थाबाट सपना स्कुल सञ्चालन देखि मुसहरलाई नयाँ घर बनाउने काम सुरु गरेका छन । सपना भिलेजका सञ्चालन समेत रहेका गिरीले चितवनको पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण योगदान दिएका छन । सौराहाका रेष्टुरेण्ट व्यवसायीहरुको साझा संस्था रेष्टुरेण्ट एण्ड बार एसोसियसन रेवान सौराहाका बरिष्ट सदस्य गिरी सोमवारबाट सुरु भएको १३ औ सौराहा फुड फेष्टिवलको संयोजक समेत हुन । चितवनको पर्यटन प्रर्वधनको लागि हरेक बर्ष सौराहामा हुँदै आएको फुड फेष्टिवलको उद्देश्य र यसले पार्ने प्रभावका बारेमा संयोजक गिरी संग गरिएको संक्षिप्त कुराकानी ।
१) सौराहा फुड फेष्टिवल गर्नुको उद्देश्यक के हो ?
हरेक बर्ष सौराहामा फुड फेष्टिवल आयोजना हुँदै आएको छ । यो १३ औं संस्करण हो । चितवनको पर्यटन प्रर्बधनको लागि हामीले फेष्टिवल आयोजना गर्दै आएका छौं । विदेशी पर्यटकहरु कम हुने समय भएकाले आएका पर्यटकको बसाई लम्ब्याउन र स्वदेशी पर्यटकको संख्या बढाउन फेष्टिवल आयोजना गरिएको हो । पर्यटन क्षेत्रको प्रचार प्रसारको लागि पनि फेष्टिवल कोसेढुंगा सावित हुदै आएको छ ।
२) प्रणय दिवसमा फेष्टिवल गर्नुहुन्छ,यसले पर्यटक प्रर्बद्धनमा कसरी टोवा पु¥याउछ ?
प्रणय दिवस एउटा अबसर मात्र हो । फेष्टिवल गर्न प्रणय दिवसको मौका मात्र छोपिएको हो । प्रणय दिवसमा युगल जोडीहरुलाई रमाउने वातावरण संगै पर्यटकको संख्या बृद्धि गर्ने उद्देश्य हो । फेष्टिवलले चितवनको पर्यटन प्रर्बधनमा दीर्घकालिन प्रभाव पारेका हामीले महसुस गरेका छौं ।
३) फेष्टिवलमा कस्ता कस्ता खानाका परिकार पाहिन्छ ?
फेष्टिवलमा थारुका परम्परागत खाना देखि विदेशी खानाका परिकार उपलब्ध हुनेछन । फेष्टिवलमा ५० वटा खानाको स्टल छन । पर्यटन क्षेत्रको एउटा महत्वपूर्ण पाटो भनेको खाना पनि हो । मान्छे स्वच्छ हुन,स्वच्छ खाना खान आवश्यक छ । सौराहाले प्रदान गर्ने सेवा र खानाको प्रर्वद्धनको गर्न पनि फेष्टिवल आयोजना गरिएको हो ।
४) खानामा व्यवसायीहरुले चर्को मुल्य लिन्छन भनेर गुनासो छ नी ?
विगतका फेष्टिवलमा यस्तो गुनासो हामीले पनि सुन्यौ तर १३ औं फेष्टिवलमा यस्तो हुन दिदैनौं । गुनासो नहाओस भनेर हामीले फेष्टिवलका स्टलमा राख्ने व्यवसायीहरुलाई मुल्य सुची अनिवार्य गरेका छौं । अब यस्तो हुदैन । कुनै व्यवसायीले खानामा चर्को मुल्य लिए भने हामीलाई जानकारी गराउनु होस हामी नियम अनुसार कारबाही गर्नेछौं ।
५) फेष्टिवलबाट भएको आम्दानी के मा खर्च गर्नुहुन्छ ?
फेष्टिवलमा भएका आम्दानी हरेक बर्ष हामीले सामाजिक क्षेत्रका खर्च गर्दैै आएका छौं । फेष्टिवलबाट भएको आन्दानीबाट वडा नं ५,६,७ र ८ का आर्थिक अभावले विद्यालय जान नपाएका वालवालिकालाई शिक्षा प्रदान गर्न कोष निर्माण गर्ने,उज्यालो सौराहा कार्यक्रमलाई निरन्तरता दिने,घुम्ती शौचालन सञ्चालन गर्ने,सौराहाको सरसफाईको काम गर्ने योजना छ ।
६) फेष्टिवल चलिरहदा हुने अन्य गतिविधि के के छन ?
हरेक दिन राष्टिय कलाकारको प्रस्तुती संगै फेष्टिवलमा प्रथम मेयर कप भलिवल प्रतियोगिता,रेष्टुरेन्टका कर्मचारी बीच बेटर रेस,प्रेमपत्र लेखन,वालवालिका बीच बेलुन फुटाउने,उत्कृष्ट खाना,घैला रंगाउने प्रतियोगिता गरिनेछ ।
७) फेष्टिवलको अबसरमा पर्यटक लक्षित कार्यक्रम के छ ?
फेष्टिवल नै पर्यटकका लागि हो । पर्यटकलाई सेवा प्रदान गर्न हामीले फेष्टिवल आयोजना गरिएको हो । पर्यटकलाई यस बर्ष एउटा अबसर पनि छ । हामीले यस बर्ष पर्यटकलाई लक्षित गरी आवास र खानामा १५ प्रतिशत छुटको व्यवस्था गरेका छौं । अनलाईन बुकिङ गरेर आउने पर्यटकलाई हामीले २० प्रतिशत सम्म छुटको व्यवस्था गरेका छौं ।

Leave a Reply

Your email address will not be published.