भरतपुर वडा न ५ को कार्यालयमा बम विस्फोट गराएको आंशकामा ६ पक्राउ

चितवन, २९ फागुन । वडा कायालयमा विस्फोट गराएको आशङ्कामा प्रहरीले छ जनालाई नियन्त्रणमा लिएको छ । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट गराईको थियो ।
विस्फोट राति करिब १२ः३० बजे गराइएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताउनुभयो ।

जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट भएको थियो ।

घटना थाहा पाएलगत्तै महानगरको दमकल, सुरक्षाकर्मीको टोली पठाएर आगो निभाएको उहाँले बताउनुभयो । राठौरले विप्लव निकट नेकपा माओवादीले गराएको अनुमान गरिएको बताउनुभयो ।
नियन्त्रणमा लिइएकालाई अनुसन्धान शुरु गरिएको राठौरले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.