नकआउट फुटवलमा माडी नगरपालिका ४ विजयी

माडी,२९ फागुन । नेपालीहरुको महान पर्व होलीको अवसरमा आयोजित नकआउट फुटवल प्रतियोगिताको उद्घाटन खेलमा माडी नगरपालिका ४ विजयी भएको छ । गौरीशंकर युवा क्लवको आयोजनामा आज भएको प्रतिस्पर्धामा माडी नगरपालिका ८ लाई ३–१ गोल अन्तरले पाखा लगाउँदै माडी नगरपालिका ४ ए विजयी हुदै क्वाटरफाईनलमा प्रवेश गरेको छ । फुटबल प्रतियोगिताको विजेताले ५० हजार ५५ रुपैया प्राप्त गर्नेछ भने उपविजेता टोलीले २५ हजार रुपैया सहित आर्कषक ट्रफी प्राप्त गर्ने खेल संयोजक हेम बहादुर राईले जानकारी दिनुभयो । यसबाहेक विभिन्न विधामा खेलाडीहरुलाई सम्मान गरिने छ ।

Leave a Reply

Your email address will not be published.