पुर्वी चितवनकै नमुना शिस महल तथा सभाहलको सिलान्यास 

 

राजेश रुम्बा लामा
भण्डारा,२९ फागुन । पुर्वी चितवन राप्ती नगरपालिका वडा नं ४ मा रहेको लक्ष्मिनारायण मन्दिरको परिषरमा सिश महल निर्माण गर्न लागिएको छ । ४ नं वडाको आ.व. २०७५÷७६ को बजेट मार्फत १० लाख सो महल वनाउन विनियोजन गरेको वडा अध्यक्ष तथा सिलान्यास कार्यक्रमका प्रमुख अतिथि शमशेर लामाले जानकारी दिए ।

१ करोड ५० लाखको लागतमा निर्माण हुन लागिएको सो महल तथा सभा हल पुर्वी चितवनकै ठुलो महल हुने लामाको दाबी छ ।

वडा बाट १० लाख छुटिएकोमा थप लाग्ने १ करोड ४० लाख भने मन्दिरको कोषमा रहेको रकम र भाबि दिनमा पनि थप कार्यक्रम धन धान्यञ्चल समेत लगाइ जम्मा पार्ने र दुई वर्षमै निर्माण गरि सक्ने योजना रहेको मन्दिरका अध्यक्ष जगन्नाथ श्रेष्ठले बताए ।

प्रमुख अतिथि ४ नं वडाका वडा अध्यक्ष शमशेर लामा र लक्ष्मी नारायण मन्दिरका अध्यक्ष जगन्नाथ श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published.