बन्दको प्रभाव काठमाडौं उपत्यकामा आंशिक

उपत्यकामा बिहानैदेखि अघिपछि भन्दा केही पातलो सवारी साधन गुडेका छन्।  काठमाडौंका मुख्य सडकमा निजी सवारी साधन बाक्लै चलेका छन्। सार्वजनिक सवारी साधन छिटफुट चलेका छन्। चक्रपथमा सार्वजनिक सवारी साधन समेत सञ्चालन भएका छन्। साझा यातायातले आफ्ना बस सञ्चालन गरेको छ।

उपत्यका बाहिरका मुख्य शहरबजारमा पनि बन्दको प्रभाव न्युन देखिएको छ। मुलुकका मुख्य सहरहरु बिराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, नेपालगञ्ज, धनगढीमा बन्दको आंशिक असर परेको छ।

विप्लव समूहको बन्दलाई निस्तेज पार्न सरकारले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको छ। राजधानीका मुख्य–मुख्य चोकमा बिहानैदेखि जनपथ तथा सशस्त्र प्रहरी परिचालन भएका छन्।

पूल, भवन लगायत सार्वजनिक संरचनाको छेउमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।

मंगलबार सरकारले विप्लव समूहमाथि प्रतिबन्द्ध घोषणा गरेको विरोधमा सो पार्टीले आज नेपाल बन्द आह्वान गरेको हो।

 

 

 

Leave a Reply

Your email address will not be published.