नवलपरासीमा दुई ट्रकमा आगजनी

परासी, ३० फागुन। अज्ञात समूहले नवलपरासीमा दुई ट्रकमा आगजनी गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती ८र १० जनको समूहले आगजनी गरेको हो ।

जिल्ला प्रहरी नवलपरासीको अनुसार काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको ट्रकमा आगजनी भएको हो ।

आगलागीबाट ट्रकका टायर पछाडिको भागमा क्षति पुगेको छ। बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ।

Leave a Reply

Your email address will not be published.