एनआई सी एशिया बैंकको नयाँ शाखा सिरहाको गोलबजारमा

सिराहा,३० फागुन । एनआई सी एशिया बैंक लि.ले सिराहाको गोल बजारमा नयाँ शाखा विस्तार रहेको छ ।गोलबजारमा नगरपालिकावडा नं ४,सिरहा स्थितगोल बजार शाखाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले भव्य समारोहकाबिच उद्घाटन गर्नुभएको हो ।उक्तशाखाको उद्घाटन समारोहमानगरपालिका शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गर्नुभयो।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ । करिब १४ लाख ५०हजारआदरणीय ग्राहकमहानुभावहरूकासाथसञ्चालनमारहेको यस बैंकमाप्रमुखवित्तिय परिसुचकहरु अत्यन्तउत्साहप्रद रहेका छन्।साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।बैंकले हरेक सम्भावितबजार क्षेत्रमाआफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखाकार्यालय संचालनगर्ने योजना अगाडि सारेको छ ।

Leave a Reply

Your email address will not be published.