लेखनाथको भण्डारढिकमा सकेट बम भेटियो, सेनाको बम डिस्पोजल टोलीद्वारा डिस्पोज

पोखरा , ०१ चैत्र ।

पोखराको लेखनाथ स्थित भण्डारढिकमा भेटिएको सकेट बम निष्क्रिय पारिएको छ ।

भण्डाढिक स्थि पृथ्वी राजमार्गमा भेटिएको सकेटबमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो । सकेट बम बिहान करिव ८:४५ बजे डिस्पोज गरिएको हो ।

सकेटबम भेटिएको जानकारी पाएलगत्तै राजमार्गमा डाँडाकोनाक प्रहरी चौकीबाट सुरक्षाकर्मी खटिएर सवारी साधन र सर्वसाधरणलाई उक्त ठाउंमा जान रोक लगाएका थिए ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहले नेपाल बन्दको घोषणा गरेको दिनको बिहानी पख शंकास्पद वस्तु भेटिएको हो ।

Leave a Reply

Your email address will not be published.