हसन नायिकाको गोप्य तस्बिरहरू बाहिरिएपछि…..

एजेन्सी, ३ चैत । अभिनेता कमल हसनकी छोरी अक्षरा हसनले आफ्नो निजी तस्विर लिक भएपछि मुम्बाई प्रहरीको साइबर सेलसँग सहयोग मागेकी छिन् ।

शुरुमा धेरैले तस्विरहरू मोर्फ्ड भएको आशंका गरेका थिए । अक्षरा आफैले ट्वीट गर्दै तस्विरका कारण आफू स्तब्ध भएको बताएकी छिन् ।

‘हालै मेरा केही निजी तस्विर इन्टरनेटमा लिक भएका छन् । यो कसले गर्यो मलाई थाहा छैन’, उनले भनेकी छिन्, ‘यो निकै दुर्भाग्यपूर्ण छ । कुनै युवतीलाई यसरी शिकार बनाएर एक विकृत मनलाई मात्र खुसी मिल्छ होला ।’

‘जब कसैले हेडलाइनसहित यसलाई सेयर गर्छ, मेरो घाउ झनै गहिरो हुन्छ । यसले मेरो थप ह्यारासमेन्ट हुन्छ र म आफूलाई झनै असाहय महसुस गर्छु’, अक्षराले भनेकी छिन्, ‘देशमा मिटु अभियान चलिरहेको बेला यो हुनु झनै दुःख दिने हर्कत हो । यस्तो बेला पनि केही व्यक्ति एक युवतीको निजी तस्विरलाई भाइरल बनाएर आफ्नो आँखा सेक्न चाहन्छन् । कसैको निजी तस्विर लिक गरेर विकृत मानिसहरुलाई मात्र आनन्द मिल्छ होला ।’

सन् २०१७ मा बौद्ध धर्ममा आफ्नो रुची जाहेर गरेको रुचीको कारण चर्चामा थिइन् । सामाजिक सञ्जालमा उनको ट्रोल गरिँदा पिता कमल हसन उनको साथमा उभिएका थिए ।

२७ वर्षकी अक्षराले सन् २०१५ मा सुपरस्टार अमिताभ बच्चनसँग षमिताभ चलचित्रबाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनी नसीरुद्दीन शाहको छोरा विवान शाहसँग लालीकी शादीमे लड्डु दीवानामा पनि देखिएकी थिइन् ।

सुपरस्टार अजीत कुमार स्टारर तामिल चलचित्र विवेगममा पनि उनले विशेष भूमिका निभाएकी थिइन् । हाल उनी पिताको चलचित्रमा एसिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरिरहेकी छिन् ।

6 thoughts on “हसन नायिकाको गोप्य तस्बिरहरू बाहिरिएपछि…..

  1. Wow, marvelous weblog structure! How lengthy have you been running a blog for?

    you make blogging look easy. The overall glance of your web site is magnificent, as well as the content!

  2. Hi! I just wanted to ask if you ever have any trouble with hackers?

    My last blog (wordpress) was hacked and I ended up losing many months of hard work due to no data backup.

    Do you have any methods to stop hackers?

  3. Hey there! I’m at work browsing your blog from my new iphone!
    Just wanted to say I love reading your blog and look forward to all
    your posts! Carry on the fantastic work!

Leave a Reply

Your email address will not be published.