पोल्ट्री व्यवसाय फेरि संकट : बर्डफ्लु काठमाडौंमै भेटियो

काठमाडौं, ३ चैत । पछिल्लो समय विश्वलाई नै त्रसित पारेको बर्डफ्लु काठमाडौं उपत्यकामा समेत देखिएको छ । काठमाडौं ताकेश्वरस्थित २ वटा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ ।

तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसुन्दर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु देखिएको हो । ती फार्ममा बर्डफ्लु भेटिएको पुष्टिभएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले जानकारी दिनुभयो । यादवका अनुसार गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो ।

बर्डफ्लु भएको पुष्टि भएपछि त्यस ठाउँका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको छ । प्रमुख यादवका अनुसार चार किल्लाभित्रका पक्षी नष्ट गरी खाडलमा पुरिएकोे छ । खाली रहेका खोरलाई पनि निःसङ्क्रमण गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन स्प्रे’ छर्ने काम भइरहेको छ ।

Leave a Reply

Your email address will not be published.