पत्नी सीताको स्वास्थ्य उपचार नेकपा अध्यक्ष प्रचण्ड अमेरिका प्रस्थान

 

काठमाडौं, ३ चैत। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीताको उपचारका लागि अमेरिका प्रस्थान गर्नु भएको छ ।

अध्यक्ष दाहाल पत्नी सीताको स्वास्थ्य उपचारका लागि आइतबार अपरान्ह अमेरिका प्रस्थान गर्नु भएको हो । दाहाल पत्नी सिता पार्किन्सन जस्तो एक प्रकारको जटिल रोगले पीडित हुनुहु्न्छ । अमेरिकामा सो रोगको उपचारको व्यवस्था राम्रो हुने कुरा त्यहाँ रहेका केही साथीहरुले भनेपछि पत्नी सीताको उपचारका लागि आफू अमेरिका जान लागेको अध्यक्ष दाहालले जानकारी दिनु भयो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उहाँले संचारकर्मीमाझ पत्नी सिताले पनि आफूले एक पटक अमेरिका गएर स्वास्थ्य उपचार गर्ने मनसाय राखेपछि आफू उपचारका लागि अमेरिका जान लागेको पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले यस अघि सो रोगको उपचारका लागि पत्नी सीतालाई आफूले सिंगापुर पु¥याएको र केही समय त्यसले सहज बनाएको पनि स्मरण गराउनु भयो । दाहाल पत्नी सीतालाई अमेरिकाको बाल्टिमोरस्थित ‘जोन हकिन्स’ अस्पतालमा उपचार गरिनेछ । वासिङटनमा रहेको एक अर्को सो रोग सम्बन्धि रिसर्च सेन्टरमा पनि पत्नी सीताको स्वास्थ्य परिक्षण गराउने योजना पनि रहेको अध्यक्ष दाहालले बताउनु भयो ।

दाहालका साथमा छोरी गंगा र ज्वाई जीवन आचार्य पनि रहनुभएको छ । एक हप्ता भन्दा बढि उपचारको समय लागे पत्नी सितालाई छोरी–ज्वाईको साथमा छाडेर स्वदेश फर्कने अध्यक्ष दाहालको योजना छ ।

Leave a Reply

Your email address will not be published.