गणतन्त्र र संघीयतालाई संस्थागत गर्नुपर्छ : महामन्त्री कोइराला

चितवन, ०७ चैत । नेपाली काँग्रेसका महामन्त्री डाक्टर सशांक कोइरालाले संघीयता र गणतन्त्र हाम्रो उपलब्धी भएको उल्लेख गर्दै यसका विषयमा जनमतमा जानुपर्छ भन्ने आफ्नो धारणा नभएको बताएका छन् ।
महामन्त्री कोइरालाले आफूले स्पष्टाका साथ कुरा गर्दा समेत संघीयता र गणतन्त्रका बारेमा जनमतमा जानुपर्छ भनेर समाचार छापिएको उल्लेख गरे । कोइरालाले आज भरतपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपलब्धी रक्षाका लागि सबै लाग्नुपर्ने बताए । गणतन्त्र र संघीयताको विरोधमा जान नमिल्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले बरु यसलाई संस्थागत गरेर अगाडि बढ्नुपर्ने कोइरालाको भनाइ छ ।
महामन्त्री कोइरालाले आफूले हिन्दू राष्ट्रको कुरा समेत नगरेको उल्लेख गर्दै जनताले हिन्दू राष्ट्र चाहेको भए सरकारलाई दबाब दिनुपर्ने बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउनुभन्दा सरकारले उनीहरुसँग वार्ता गर्नुपर्नेमा कोइरालाले जोड दिए । विप्लवका कार्यकर्तालाई पक्राउ गर्नु गलत भएको टिप्पणी गर्दै कोइरालाले वार्ता गरेर मात्रै समस्याको समाधान गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published.