सुस्ताबाट उद्धार गरेको गैँडा सेफ्टी ट्याङ्कीमा परेर म¥यो (फोटोफिचर)

चितवन, १० चैत  ।  भरतपुर महानगरपालिका–२३ जगतपुरमा रहेको टाइगर ल्याण्ड होटलको सेफ्टी ट्याङ्कीमा परेर शनिबार राति एउटा गैँडा मरेको छ । निकुञ्जसँगै रहेको सो होटलको सेफ्टी ट्याङ्कीको ढकनी कमजोर भएका कारण गैँडा ट्याङ्कीमा खसेको हो । 

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार अन्दाजी २५ वर्षको पोथी गैँडा ट्याङ्कीमा खसेको हो । बाहिर निस्कन नसकेपछि निस्सासिएर गैँडा मरेको उहाँले बताउनुभयो ।

अहिले मरेको गैँडालाई बाहिर निकाल्ने प्रयास भइरहेको छ । गैँडाको ढाड मात्र देखिएको छ । झण्डै ६ महीनाअघि सुस्ताबाट उद्धार गरी ल्याइएको गैँडा ट्याङ्कीमा खसेको ढकालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.