एनआई सी एशिया बैंकको नयाँ शाखा बुटवलको बेलबासमा

बुटवल,१० चैत । एनआई सी एशिया बैंक लिले बेलबामा नयाँ शाखा विस्तार गरेको छ । बुटवलवडा नं १३,रुपन्देही स्थित बेलबास शाखाको एनआई सी एशिया बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले आज एक समारोहकाबिच उद्घाटन गर्नुभएको हो ।उक्त शाखाको उद्घाटन गर्दै ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्विगर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी गराउनु भयो ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८१शाखाकार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १४ लाख ५०हजार ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन्।साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचाल नगर्ने योजना अगाडि सारेको छ ।