अपडेट : मुग्लिनबाट छुटेको बस सहचालकले चलाउदाँ त्रिशुलीमा खस्यो(फोटोफिचर)

विनोद श्रेष्ठ

चितवन, ११ चैत । सोमबार मुग्लिनबाट कुरिनटारतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । काठमाडौँ टू बाग्लुङ लेखेको ना५ ख ३६८२ नम्बरको बस त्रिशुली नदिमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तीन जना सवार बस चितवनको इच्छाकामना–५ घोप्टेभिरमा दुर्घटना भएको हो ।

बसमा चालक, सहचालक र अर्को बसको चालक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सहचालकको अवस्था गम्भिर रहेको छ भने २ जनाको सामान्य रहेको छ ।

मुग्लिनबाट खाना खाएर कुरिनटारतर्फ आउँदै गर्दा बस दुर्घटना भएको हो । प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।