सौराहामा दोस्रो मेडिकल लिटरेचर मेला सुरु,

चितवन, १५ चैत । पर्यटकीय नगरीसौराहामा दोस्रो मेडिकल लिटरेचर मेला सुरु भएको छ।   थारु कल्चर हाउसमा शनिबारसम्म चल्ने मेलाको प्रा डा गोविन्द केसी र वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले पानसमा बत्ति बालेर उद्घाटन गरेका थिए।


उद्घाटन सत्रमा वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सांगीतिक प्रस्तुति दिए। मेला अवधिभर १० वटा बहसका कार्यक्रम हुनेछन् भने कविता वाचनको सत्र समेत रहने छन्।
पहिलो दिनको पहिलो सत्रमा कलाकार श्रेष्ठ र बनिता खनाललाई डा रवीन्द्र समीरले स्वस्थ हुनुको मूल्यका बारेमा प्रश्न गरेका थिए । पहिलो दिनको दोस्रो सत्रमा ३ वटा एजेन्डामा ३ डाक्टरहरुले आफ्नो विचार राखेका थिए ।
डा रामेश कोइरालाले ‘स्वास्थ्य र शिक्षा कसकोरु’ विषयमा आफ्नो धारणा राख्दा प्रा डा सरोज धितालले ‘चिकित्सा बाहिरको शिक्षा’ विषयमा बोलेका थिए ।
३ आख्यानकार नयनराज पाण्डे, अमर न्यौपाने र सुविन भट्टराई, ‘आख्यानमा पात्रको छनोट’ विषयमा भट्टराईले पाण्डे र न्यौपानेलाई प्रश्न गर्नेछन् । काव्यशाला नामक यस सत्रमा १६ जना कविहरुले कविता वाचन छन् ।
डा सुभाष लामिछानेले सहजीकरण गर्ने अर्को सत्रमा डा सुमन कर्माचार्य र डा समीर लामाले ‘दुर्गमका डाक्टर’ हरुको सेवा, सुविधा तथा समस्याका बारेमा जानकारी गराए ।
मेलाको अन्तिम सत्रका रुपमा ‘कस्ता किताब पढ्ने सन्दर्भ उठान भएका थिए ।
विषय सम्बन्धित व्यक्ति तथा विज्ञ सम्मिलित यस मेलामा ‘चिकित्सा जगतमा साहित्यिक जीवनको खोज’ गर्ने कोसिस गरिने कार्यक्रमका संयोजक विसद दाहालले बताए ।
काठमाडौंका विभिन्न मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले गठन गरेको संस्था ‘हाम्रो कथा’ले आयोजना गरेको मेलाको स्थानीय संयोजन भने ‘डबली’ ले गरेको छ । मेलामा ३६ जना साहित्यकारहरुका सहभागी रहेका छन् ।