चिप्स प्रयोग गरे बच्न् सकिन्छ मोबाइलबाट निस्कने विकिरणबाट…

 

चितवन, चैत्र १७ । मोबाइल प्रयोग हुंँदा निस्कने विकिरणबाट बच्न चिप्स प्रविधिको प्रयोगबाट संभव हुने भएको छ । बज्र युनिभर्सललले बजारमा ल्याएको इन्भायरोचिप को प्रयोग गरि यसबाट बच्न सकिने कम्पनीले बताएको छ । आज नारायणगढको चिप्सको आधिकारीक बिक्रेता विनायका ट्रेड कन्सर्न र बज्र युनिभर्सलको संयुक्त आयोजनामा भरतपुरमा यसबाट पर्ने असर र बच्ने उपायका बिषयमा सेमिनार गरिएको हो ।
कार्यक्रममा बज्र युनिभर्सलका निर्देशक बसन्तराज जोशीले मोबाइलमा इन्भायरो चिपको प्रयोग गरेर शतप्रतिशत विकिकरणबाट बच्न सकिने बताए । नेपालमा बाइस बर्षदेखि मोबाइलको प्रयोग हुदै आएपनि यसको असरका बारेमा जनचेतना नहुंँदा प्रयोगकर्ताको स्वास्थ्यमा गम्भिर असर पर्दै गएको उनले बताए ।

‘मोबाइलको ज्यादा प्रयोगले मस्तिष्क र ट्युमर बढ्ने खतरा हुन्छ, उनले भने ,बच्चाको लागि झनै बौद्धिक विकास र शारिरीक विकासमा असर पर्छ ’। मोबाइललाई प्रत्यक्षरुपमा कानको नजिक लगेर कुरा गर्दा यसबाट निस्कने तरंगले मस्तिष्कको सुचना प्रणालीलाई समेत अवरुद्ध पार्ने उनले जानकारी दिए ।

प्रस्तुतीकरण गर्दै कम्पनीका प्राविधिक विज्ञ आनन्द विनोदीले मोबाइलको बढ्दो प्रयोगले बिरामीको स्वास्थ्यमा अझ गम्भिर असर पर्ने भन्दै विकिरणले औषधिको प्रभावकारीलाई समेत नष्ट गर्ने बताए । ‘मोबाइल प्रयोग गर्दा इन्भायारो चिप्सको प्रयोगले मात्र रेडियसन हटाउन सक्छ, उनले भने, यसको असरको कम गर्न कम्तिमा सुत्ने बेलामा पनि ५ फिट पर राख्नुपर्छ ।’

सो अवसरमा बोल्दै उद्योग बाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले प्रविधिको विकास संँगै यसले गुण र अवगुण साथै लिएर आउने बताए । ‘प्रविधिको विकाससंँगै यसले जति लाइफलाई सहज बनाएको छ, उत्तिकै चुनौति पनि’ उनले भने । भरतपुर महानगरपालिका वडा नम्बर १० का अध्यक्ष अरुणपीडित भन्डारीले यस कम्पनीले प्रविधिको माध्यमद्धारा जनचेतनाको साथै चिपको प्रयोगबाट विकीकरण न्युनीकरण गर्न सहयोग पुरयाएको बताए ।

कार्यक्रमका अध्यक्ष एवं विनायक ट्रेडिङ्ग कन्सर्नका संचालक विकास पौडेलले आफूले यसलाई बिक्री गरेर फाइदा कमाउनुभन्दा मानिसको स्वास्थ्य र जनचेतनाको लागि विक्री वितरण गरिन लागिएको बताए । कम्पनीले यस चिप्सको खुद्रा मुल्य १ हजार ५सय रुपैयांँ तय गरेको छ । कार्यक्रममा व्यवसायी, विद्यार्थी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।