भावविह्वल टुँडिखेल (फोटो फिचर)

प्रविन काेइराला 
काठमाडौं फागुन १७ । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई टुँडिखेलमा अहिले सामूहिक श्रद्धाञ्जली अर्पण गर्ने क्रम चलिरहेको छ।

राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर महरा, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तिहरुले टुँडिखेल पुगेर श्रद्धाञ्जली दिएका छन्।

श्रद्धाञ्जली दिन टुँडिखेलमा अहिले घुइँचो लागेको छ।

तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि त्यहाँ पुगेका मन्त्री अधिकारीसहित सात जना चढेको हेलिकाेप्टर पाथीभाराबाट काठमाडौं फर्कने क्रममा ताप्लेजुङको तारेभीरमा बुधबार दुर्घटनामा परेको थियो।

दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.