अन्तरिक्षमा पर्यटक लैजाने विमानको परिक्षण उडान सम्पन्न

पोखरा,  १९ फागुन ।

अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको सफल परिक्षण उडान गरिएको छ । अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान विमानको परिक्षण उडान गरेको हो ।

अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ । परिक्षण उडानमा कुनै मानव भने थिएनन् । रिप्ले नाम दिइएको मानव आकृतीलाई अन्तरिक्ष यात्रीले लगाउने जस्तो पोशाक लगाइएको छ भने यसमा प्रसस्त सेन्सर जडान गरिएको छ ।

मानव अन्तरिक्षमा जाँदा उनीहरुले भोग्ने चापलगायत विभिन्न तथ्याङकहरु यी सेन्सरबाट संकलन गर्ने योजना छ ।  पेसाले प्रविधि उद्यमी एलन मस्कले मानवलाई अन्तरिक्षमा लैजाने यो कम्पनी स्थापना गरेका थिए ।

अहिले जसरी काम भए अमेरिकी अन्तरिक्ष सम्बन्धी निकायले यो प्रणालीलाई नियमितरुपमा अन्तरीक्षमा मानव पर्यटक लैजान यो बर्षको अन्त्यतिर स्वीकृति दिने अनुमान गरिएको छ । यता अमेरिकाको क्यालिफोर्नीयामा अवस्थित कम्पनी स्पेस एक्सका लागि छोटो अवधीमा यो ठूलो सफलता मानिएको छ ।

Leave a Reply

Your email address will not be published.