चितवनका विद्यार्थीको सफलता : ह्याचलिङ मार्फत १ सय ३० वटा चल्ला उत्पादन (भिडियो)

 

चितवन, २४ फागुन । चितवनको राप्ती नगरपालिकामा रहेको बुद्ध शान्ति माध्यमिक बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले अभ्यास स्वरुप कुखुराका चल्ला उत्पादन गरेका छन । विद्यार्थी ह्याचलिङ मार्फत १ सय ३० वटा चल्ला उत्पादन गरेका हुन । यसिर बिद्यार्थीहरुले अभ्यासको क्रममा निकालेका चल्लालाई ब्यबसायिक्तामा लैजान सके ठुलो टेवा पुग्ने छ ।

चितवनको राप्ती नगरपालिका २ पिप्लेमा रहेको वुद्धशान्ती माध्यमिक विद्यालयका विद्यार्थीहरुले मेसिनबाट चल्ला उत्पादन गरेका छन् । प्राविधिक शिक्षा पढ्दै आएका सो विद्यालयका विद्यार्थी ह्याचलिङ मार्फत चल्ला निकालेका हुन् । भेटेरेनरी अध्ययनरत विद्यार्थीहरुले सम्भवत पहिलो पटक यहाँबाट चल्ला उत्पादन गरेका हुन् । व्यवसायिक रुपमा ह्याचलिङ उत्पादन गरेपनि विद्यार्थीहरुले भने पहिलो पटक मंगलवार अभ्यास मार्फत चल्ला उत्पादन गरेर प्रर्दशन गरे ।

माघ २८ गते अण्डा सेटिङमा राखेका बिद्यार्थीहरुले २१ दिनको अभ्यासपछि मंगलबार चल्ला निकालेका थिए । वुद्धशान्ती माविमा नेपाल सरकारले अनुदानमा चल्ला निकाल्ने मेसिन उपलव्ध गराएका थियो । सोही मेसिनबाट पहिलो चरणमा १ सय ३० वटा चल्ला उत्पादन गरिएको हो । विद्यार्थीहरुलाई कुखरा फार्महरुको अवलोकन समेत गराईदै आएको छ । विद्यालयमा तीन वर्ष अघि प्राविधिक शिक्षा स्वरुप भेटेरेनरी साईन्सको कक्षा सुरु भएको थियो । कक्षा ९ देखी यहाँ प्राविधिक शिक्षा संचालित छ । १२ कक्षा सम्म प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य रहेको विद्यालयमा अहिले कक्षा ११ चालु अवस्थामा छ । त्हाँ पढ्ने बिद्यार्थीहरुलै प्रोजेक्ट रिपोर्ट देखि बिभिन्न कुरामा शैक्षिक अभ्यास समेत गर्दै आएका छन ।

बिद्यालयमा प्राबिधिक शिक्षा हाँसिलको लागि बाहिरि जिल्ला सिन्धुपाल्चोक,मकवानपुर लगाएतका ठाँउबाट आएका छन । अप्ठ्यारोमा परेका विद्यार्थीहरुलाई भने वस्नको सुविधा मिलाईएको छ । भेटेरेनरी साईन्स पढेका विद्यार्थीहरुको यो अभ्यासले उनीहरुलाई व्यवसायिक वनाउन मद्यत पुग्ने विद्यालयका अध्यक्ष राजकुमार भट्टले वताए । वुद्धशान्ती माध्यमिक विद्यालयमा १ हजार ४ सय विद्यार्थी हाल अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published.