गणेशधाम क्षेत्रको चैतदेखि निर्माण कार्य सुरु हुदै, ५ औँ वार्षिक सभाबाट विकास समितिमा लैजाने निर्णय

चितवन, २५ फागुन । चितवनको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको गणेशधाम क्षेत्रको आगामी चैतदेखि निर्माण सुरु हुने भएको छ ।
गणेशधाम क्षेत्रको संरक्षण गर्न गठित गणेशस्थान मन्दिर समिति चितवनको ५ औँ बार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो ।
आज सम्पन्न समितिको सभाले विभिन्न निर्णय गर्दै गुरु योजना अनुसार आगामी चैतदेखि निर्माण कार्य सुरु हुने समितिका अध्यक्ष दिनेशकुमार चुकेले सौराहा अनलाईनलाई जानकारी दिए ।
यस्तै समितिको विधान संशोधन गरि गणेशधाम विकास समितिको रुपमा संस्थालाई अगाडी लैजाने, १९ सदस्ययी कार्यसमितिलाई बढाएर २५ सदस्ययी बनाई ९ सदस्ययी सचिवालय कमिटि गठन गर्ने लागायतको निर्णय समेत बुहमतले पारित भएको उनले बताए ।  
भने समितिले केहि महिना अगाडी मात्रै सम्पन्न गरेको महायज्ञमा १० हजार रुपैयाँ भन्दा बढी सहयोग गर्ने चन्दादातालाई स्वत आजीवन सदस्य बनाउने निर्णय समेत भएको उनले जानकारी गराए । जस अनुसार अब यस संस्थामा नयाँ १३ सयको हराहारीमा आजीवन सदस्य हुनेछन् ।
प्रदेश नम्बर ३ का माननिय सासंद विजय सुबेदी प्रमुख अतिथि रहेको सभामा माननिय सांसद गिता वाग्ले, भरतपुर महानगर वडा नम्बर २ का वडा अध्यक्ष पुर्ण बहादुर श्रेष्ठ, नेकपा चितवनका उपाध्यक्ष तेजेन्द्र बहादुर खड्का विशिष्ट अतिथि रहेका थिए ।
सो अवसरमा बोल्दै ससाद सुवेदी गुयोजना अनुसार गणेशधामको निर्माणमा सक्रिय सहभागीता जनाउने प्रतिवद्धता जनाए ।
समितिका उपाध्यक्ष राजनकुमार श्रेष्ठले सवगत मन्तव्य व्यक्त गरेको सभामा सह कोषाध्यक्ष टेकसिहं पुनमगरले आर्थिक प्रगति र सचिव रेशम  सापकोटाले वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए ।
८० करोड रुयैयाँ खर्च हुने गुरुयोजना रहेको मन्दिर निर्माण गर्न ११ करोड बढी महायज्ञबाट संकलन गरिएको छ । भने अन्य सहयोग महानगर, प्रदेश र केन्द्र सरकारसगँ माग गर्ने समितिले जनाएको छ ।
५ बर्ष भित्र निर्माण सम्पन्न गर्ने योजना रहेको मन्दिरको निर्माण्का लागि यतिवृला स्वदेशतथा विदेशी मूर्तीकारसगँ छलफल तथा परामर्श लिने काम समेत गरिएको छ ।
सभामा नव जगृती वनका अध्यक्ष पुस्तक गौतम, जलदेवी सामुदायिक वनका अध्यक्ष केशव थापा निरु, लगायतले शुभकामना मन्तव्य रोखेका सभाले आगामी ७ दिन भित्र धन धन्याञ्चलको हिसाब सार्वजनिक गर्र्नेसमेत जनाएको छ ।

Leave a Reply

Your email address will not be published.