कल्पवासका जेष्ठनागरिकसगँ नारी दिवस

 

देवघाट, फागुन २५ । विश्व शान्ति महिला संघ नेपाल (डब्लु एफडब्लु पि) ंचितवन शाखाले देवघाट गाउँपालीका ५ देवघाटधामका कल्पवासमा रहेको महिला जेष्ठनागरिकसगँ शनिबार एक कार्यक्रम आयोजना गरि १०९ औ अन्तराष्टिय महिला दिवस मनाएको छ ।

देवघाटमा रहेको महिलाबाट सञ्चालित इन्दिरा सन्यास आश्रम दुर्गापञ्चाङ्ग शक्तिपीठ परिसरमा आयोजीत कार्यक्रमको प्रमुख अतिथी देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेल रहेका थिए ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथी पौडेलले महिलाबाट सञ्चालित आश्रमले देवघाटको गरिमा बढाएको बताए ।
प्रमुख अतिथी पौडेलले भुकम्प पुननिमार्ण प्राविधिकारणको सहयोगमा कल्पवास क्षेत्रमा १६ वटा कुटी निमार्ण भइरहेको बताउदै सो कुटी अस्हाय, भुकम्पले कुटि भत्किीएका लागि दिने जानकारी दिए । यस्ता कुटि बेच्न साट्न पनि नपाउने प्रमुख अतिथीले प्रष्टाए ।

इन्दिरा सन्यास आश्रमका पिठाधिश इश्वरानन्द सरस्वती जी महाराजको अध्यक्षतामा भएको सो कार्यक्रममा भरतपुर वडा १ का कावा अध्यक्ष राममाया पिया , देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकाल , आश्रमका गोकुलानन्द सरस्वती, निवृत प्रहरी सहायक निरिक्ष दुर्गा देवी शर्माउपाध्याय लगायतले मन्त्व्य दिएका थिए ।

विश्व शान्ति महिला संघ चितवनकी अध्यक्ष सुमित्रा पौडेल आँचलले कल्पवासमा रहेका जेष्ठनागरीक बिच कार्यक्रम गर्न पाउदा खुशी लागेको बताइन् । सो असरमा आश्रममा नै सेलरोटी पकाएर खाजा खुवाउनुको साथै २५ हजार बराबरको सहयोग गरिएको अध्यक्ष पौडेलले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published.