५० औ वर्षगाठ राम जानकी बालिका आश्रममा

 

देवघाट, २५ फागुन । साहित्यकार वावुराम पाण्डेले आफनो विवाहको ५० औ वर्षगाठ देवघाटमा रहेका श्री राम जानकी बालिका आश्रम –(ग्रागी कन्या गुरुकुलम्) का बालीकाहरुसगँ मनाउनु भएको छ ।

शनिवार परेको ५० औ वर्षगाठको अवसरमा एक विशेष समारोहको आयोजना गरि बालीका आश्रमको अक्षय कोषमा ५१ हजार १ सय ११ रकम र आश्रमको आजिवन सदस्य वापत ११ हजार १ सय ११ रकम सहयोग प्रदान गर्नुभएको छ ।

सो सहयोग रकम कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद रिना गुरुग रहनु भएको छ ं । सो अवसर मा सांसद गुरुगंले वैवाहिक उत्सवमा सहभागी कार्यक्रमकी प्रमुख अतिथी प्रदेश सांसद रिना गुरुगंले वैवाहिक स्वर्ण उत्सव कार्यक्रम अबका दिनमा विरलै हुन सक्ने बताउनुभयो । सांसद गुरुगंले बालिका हरु असुरक्षित भइरहेका र बालिका माथि हिसांका घटना बढिरहेको मा चिन्ता प्रकट गर्दै

वालिका आश्रमका बालिकाहरुलाई सहयोग गर्नु सरहनिय कदम भएको धारणा राख्नु भयो ।सांसद गुरुगले पनि सो अवसरमा आश्रमका बालीकाका लागि १सय थान सेनेटरी प्याड सहयोग गर्नुहुदै बालिकाको भवननिमार्ण सहयोग गर्ने बताउनु भयो ।

समाजसेवी यमुनानाथ न्यौपाने को अध्यक्षतामा भएको सो कार्यक्रममा,साहित्यकार पुर्ण प्रसाद अधिकारी, जेष्ठ नागरिक कल्याणकारी प्रतिष्ठान नेपालका अध्यक्ष नारायण प्रसाद तिवारी , आर्चाय लक्ष्मण भण्डारी ,बाबुराम पाण्डेका धर्मपत्नि ज्ञानु पाण्डे , नातिनी समृद्धि गौतम क्षेत्री ,नाति प्रसिम हमाल ,युवा समाजसेवी गुणराज दाहल शिक्षक अभि भण्डारी , बालिका आश्रमका महासचिव रामेश्वर खनाल , आश्रमकै बालिका कल्याणी लोककल्याणी लगायतकाले बोल्नु भएको थियो ।

पान्डे की धर्मपत्नि ज्ञानु पाण्डेले पनि आश्रमका बालीकाहरुको भोजनका लागि ६ हजार सहयोग गर्नु भएको छ ।यसै गरि पाण्डे दम्पतीका छोरी चिन्तन पान्डे र ज्वाई महेन्द्र क्षेत्री ले आश्रममा १ दिनको खाना बराबर ५ हजार ५५ रकम सहयोग गर्नु भएको छ । पाण्डे दम्पतीका १ छोरा र ३ छोरी रहेका छन् वैवाहिक स्वर्ण उत्सव कार्यक्रमा उहाँका छोरा वुहारी सहित तीनै छोरी ज्वाई र नातिनातिना उपस्थिती रहनु भएको थियो ।सो अवसरमा परिवारका तर्फवाट पनि पनि अभिन्नन्द पत्र का साथमा दोसल्ला ओढाएर पाण्डे दम्पतीलाई अभिनन्दन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.