नारी समाज पोर्तुगलको दोश्रो अधिवेशन फेरि एक हप्तालाई सरयो

पुनम गौतम

पोर्तुगल । नेपाली नारी समाज पोतुर्गलको दोश्रो अधिवेशन एक हप्ताको लागि धेकेलिएको छ । मार्च ९ अर्थात शनिवार हुने भनिएको समाजको अधिवेशन समाजकी उपाध्यक्ष निर्मला खराल ढकाल (निरु) ले गर्दा पछाडि धकेलिएको हो ।

निरुले समाजको हित र आचारसंहिता विपरित कार्य गरेको भन्दै एकलौटी ढंगले शुक्रबार सांझ एक विज्ञप्ति जारी गर्दै नयां नेपाली नारी समाज खोल्ने भने पश्चात अधिवेशनमा धक्का पुगेको हो । समाजले शनिवार १०९ औं अन्र्तराष्ट्रिय नारी दिवस मात्र मनाएर दोश्रो अधिवेशनको उद्घाटन अर्थात् औपचारिकता निभाएको छ । भने निरुले सम्पुर्ण दिदीबहिनीहरुको अगाडी आफु आवेशमा आएर यि सबै गरेको र अवका दिनबाट आफु समितिमा नरहने निर्णय गर्नुभएको छ ।

यसअघि समाजले, समाजको आचारसंहिता बिपरीत कार्य गरेको भन्दै आपत्ती जनाएको थियो । समाजकी अध्यक्ष सिता बराल र निरुबिच भएको सहमति पनि आजकै मिति बाट स्वत्ह हटेको समाजले निर्णय गरेको छ । समाजले परदेशमा रहेर आफ्नो समयानुकुल मिलाएर समाजलाई अगाडी लैजानुपर्ने भएकाले आगामी आईतबारसम्म नयां कार्यसमिति चयन हुने र समाजका सम्पुर्ण सदस्यहरुको सहमति अनुसार अगाडी बढ्ने अध्यक्ष बरालले बताउनुभयो ।

समाजको दोश्रो अधिवेशनको नयां नेतृत्वका लागि परेको उम्मेदवारी अनुसार सहमति नभए अध्यक्ष, उपाध्यक्ष, महासचिव र सदस्यहरुमा चुनाव हुनेछ । भने सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा आबश्यक संख्यामा मात्र उम्मेद्बारी परेकोले यसअघि नै निर्बिरोध भैसकेका छन् । यसैबिच शनिवार भएको कार्यक्रमका प्रमुख अतिथि पोर्तुगलका लागि पर्यटनदुत रमेश कुमार गुरुड्डले स्वदेशमा पार्टी टुट्ने फुट्ने भएजस्तै विदेशमा नारी समाज फुट्न नहुने बताउनुभयो ।

पोर्तुगललाई मिनि नेपालको संज्ञा दिदै पर्यटनदुत गुरुड्डले दुई नारी समाज हुन नसक्ने बताउदै एउटै घरमा अटेर बस्न समेत सबैलाई आग्रह गर्नुभयो । विदेशमा रहदैंमा विदेशी नहुने, भन्दै गुरुड्डले नेपालको सपना पुरा गर्नुपर्ने बताउनुभयो । त्यस्तै गैरआवासिय नेपाली संघ पोर्तुगलका अध्यक्ष कुवेर कार्कीले पदका लागि नभई एक ढिक्का भएर अगाडी बढ्र्न सबैलाई आग्रह गर्नुभयो । उहांले भाई फुटे गवार लुटे नगर्न सबै नारीहरुलाई अनुरोध समेत गर्नुभयो ।

पोर्तुगलका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको कार्यक्रममा महासचिव मिना माया खरेलले प्रगती प्रतिवेदन र कोषाध्यक्ष सरु भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाली नारी समाज पोर्तुगलकी अध्यक्ष सिता बरालको अध्यक्ष्तामा कार्यक्रम सम्पन्न भएको हो । समाजले पोतुगलमा बसोबास गर्ने महिलाहरुको सशक्तिकरण र महिलाहरुमा उत्पन्न विभिन्न समस्या र त्यसका समाधानका लागि कार्य गर्दै आईरहेको छ । २३ जुन २०१४ मा स्थापना भएको समाजले विभिन्न आरोह अवरोह पार गर्दै दोश्रो अधिवेशन गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published.