मुलुकको समृद्धिको साथमा स्व्चछ वातावरण आवश्यक : वनमन्त्री बस्नेत

अपिल घिमिरे
काठमाडौँ, २६ फागुन । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले मुलुक समृद्धिको साथमा जनताको सुस्वास्थ्य, सुख र स्वच्छ वातावरण संगसंगै अगाडी बढ्नु पर्ने बताउनुभएको छ । शनिबार काठमाडौमा चक्रपथ सरसफाइ महाअभियानको १०० औ हप्ताको विशेष कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो।
नदी तथा सडकहरू प्रदुषित हुदै जादाँ वातावरणीय असरहरु पनि बढ्दै जाने र प्रकृतिमा मानव तथा जीवहरुमा गम्भिर नकरात्मक समस्या पर्ने हुनाले सरसफाइ आजको आवश्यकता रहेको प्रति सबैलाई सचेत रहन मन्त्री बस्नेतले आग्रह गर्नुभयो ।
जुन देशका नागरिकले आफू त्यो देशको नागरिक हुनुमा गर्व गरे राष्ट्र निर्माणमा मेरो पनि भूमिका हुन्छ भन्ने सोचे ति मुलुकले प्रगति ,विकास र समृद्धिको यात्रालाई सफलताको यात्रा तय गरेको मन्त्री बस्नेतले स्मरण गराउनुभयो । साथै उहाँले भन्नुभयो वातावरणीय सरसफाई    त झन् नागरिकको दायित्व बढी रहन्छ ।वातावरण संरक्षण ऐन केही हप्ता मै संसदमा पुग्ने र ऐनमा वातावरणीय दृष्टिले कुनै संघ संस्थाका कारण ले समाजलाई नोक्सानी र क्षती पुगेमा प्रदुषकले नै क्षती तिर्नुपर्ने व्यवस्था गर्न लागिएको उहाँले जानकारी गराउनुभयो ।
छिट्टै कलङ्की देखि नारायण गोपालचोक सम्म सडक विस्तार गरिने सडक बिस्तार डिजाइनको इष्टिमेट संगै हरियाली प्रवर्द्धनको कामहरु समावेश गरिएको जानकारी दिँदै सडक विस्तारसंगै सडक विस्तार संगै चक्रपथ सरसफाइको भुमिका केही मा वदलाउ गर्न पर्ने प्रति मन्त्री बस्नेत ले संकेत गर्नुभयो ।साथै उहाँले वाग्मती, रुद्रमती, चक्रपथ, बिष्णुमती लगायत मुलुकभर संचालनमा आएका सरसफाइ अभियानलाई   एकीकृत गरी प्रभावकारी ढंगले अघि बढ्ने र नेपाल स्वच्छ वातावरण महाअभियान निर्माण गर्ने अभियानका लागि शुभकामना व्यक्त गर्नुभयो ।विशेष अभियान सञ्चालनको पहल गरेकोमा अभियानका संयोजक लोक बहादुर टण्डन लगायत सबै अभियन्ताहरूलाई बधाई दिदै यो अभियानले देश भर अन्य क्षेत्रमा पनि प्रेरित गराउनेमा आफू बिश्वस्त रहेको समेत बताउनुभयो । मन्त्री बस्नेतले सरसफाइमा सहभागि भई आफ्ना कर्मठद्वारा सम्मानित हुने व्यक्तित् हरूलाइ बधाई दिदै आगामी दिनमा पनि थप रचनात्मक भूमिका मा रहेर समाज प्रतिको दायित्व बोध ,वातावरणीय सचेतना, तथा राष्ट्र प्रेमको भावनाले प्रेरित भइरहन अनुरोध पनि गर्नु भयो ।

 


कार्यक्रममा नेपाली काङ्ग्रेसका वरिष्ठ नेता अर्जुननरसिंह केसी , नेता शेरबहादुर तामाङ, पत्रकार ऋषि धमला, वाग्मती सफाइ महाअभियानका अभियन्ता किशोर थापा, कान्छा सरसफाइ अभियान्ता क पी खनाल, लगायतले अभियान को सफलताको कामना व्यक्त गरेका थिए ।
वाग्मती सरसफाइ अभियान मा नियमित सहभागी भएका अभियान्ता लोक बहादुर टण्डनले आफ्ना अभियन्ता साथीहरू संगै चक्रपथको फोहोर लाई बागमती मा मिसिन नदिन २०७५ बैशाख २ गतेबाट ग्रिन सिटि अस्पताल नजिकबाट फोहोर संकलन कार्य शुरू गरेका थिए ।
हाल सम्म नेपाली सेना , नेपाल प्रहरी , शसस्त्र प्रहरी,बिधार्थीहरु सहित करिब चालिस हजार ले चक्रपथ को करिब १५०० टन फोहोर संकलन गरि ब्यबस्थापन गरिसकेकाछन् ।अभियानमा हरेक शनिबार बिहान दुई घण्टा राष्ट्रका नाममा भन्दै चाड पर्व पनि नभनि अभियन्ताहरू जुट्ने गरेका छन ।
अभियानको गौरवमय १००औँ हप्ताको कार्यक्रममा चक्रपथ सरसफाइ को ब्यानर उडाएर र गमलामा पानी राखेर शंखध्वनी गुञ्जनका साथ कार्यक्रम उद्घाटन गरिएको थियो देशका बिभिन्न स्थानमा सफाइ अभियान सञ्चालन गरिरहेका अभियन्ताहरूको कार्यक्रममा उपस्थित रहेको थियो।बिहान चक्रपथका विभिन्न स्थानबाट सरसफाइ को व्यानर लिएर उल्लेख्य स्वयंसेवकहरु सरसफाइ सम्बन्धित नारा लगाउदै कार्यक्रम स्थलमा पुगेका थिए ।
कार्यक्रममा सफाई अभियानमा योगदान पुर्‍याउने अभियान र अभियन्ताहरूलाई सम्मान गरिएको थियो। कार्यक्रम संचालक द्वय तीलक वस्नेत र मञ्जु पौडेलले सांगितिक प्रस्तुति गरेका थिए ।कार्यक्रममा उपस्थित प्रमुख अतिथि , बिशिष्ट अतिथि लगायत सबै अभियन्ता तथा स्वयं सेवीहरूलाई चक्रपथ सरसफाइ अभिया का अभियन्ता भुपाल राज आचार्यले धन्यबाद व्यक्त गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published.