अटेरी भेटघाट रेष्टुरेन्टको किचन हटाउन निर्देशन (भिडियो)

प्रकाश सिग्देल
चितवन फागुन २६ । नारायणगढमा रहेको भेटघाट रेष्टुरेन्ट तास घरको बाहिरको किचन डेढ महिना भित्र हटाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निर्देशन गरेका छ ।  तासघरको तासको गन्धले बाटामा हिड्ने यात्रु तथा बटुवालाई समेत असर गर्ने गरेको र आडैमा मिष्ठान्न भण्डारा समेत रहेकाले त्यहा जाने शाकाहारीहरुलाई समेत त्यसले असर गरेको उपभोक्ताको व्यापक गुनासाहरु परेपछि त्यसको किचन हटाउन निर्देशन गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताउनु भयो ।

 

 

 

 

 

होटलका सञ्चालक गोविन्द तिवारीलाई पटक पटक निर्देशन गर्दा समेत हटाउन नमानेपछि यसपटक अन्तिम चेतावनी दिईएको र त्यो मितिभित्र नहटाए आफै आएर ताला लगाईदिने सुवेदीले बताउनु भयो ।
यता होटलका सञ्चालक गोविन्द तिवारीले पनि आफुले डेढ महिना भित्रमा किचन हटाउने बताउनुभएको छ ।  होटललाई प्रशासन कार्यालयले यस अघि दुई पटक किचन हटाउन निर्देशन गरिसकेको थियो । पटक पटकको निर्देशन तिवारीले टेरेका थिएन्न् । आईतबार विभागले अनुगमन गरि यस्तो कडा निर्देशन गरेको हो ।

Leave a Reply

Your email address will not be published.