भरतपुरका ठुला होटल तथा रेष्टुरेन्ट ल्याब परिक्षणबाटै फोहरी पृष्टि (भिडियो)

 

चितवन फागुन २६ । चितवनमा नाम कहलिएका ठुला होटलहरुले उपभोक्ताहरुको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने गरि सेवा दिईरहेको भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको धुम्ती खाद्य प्रयोगशाला सहितको टोलीले प्रत्यक्ष ल्याब परिक्षणसहित अनुगमन गर्दा यस्तो भेटिएको हो ।

आईतबार चितवन स्थित सदरमुकाम भरतपुरमा रहेका होटलहरु होटल रेड कार्पेट, सेन्टल पाम, होटल ग्लोबल लगाएतका होटलमा गरिएको अनुगमनको क्रममा होटलहरुले खाद्य स्वच्छताको ख्याल नगरेको भेटिएको खाध्य प्रविधि तथा गुण नियन्त्रण विभाग खाद्य निरिक्षण अधिकृत ईश्वर सुवेदीले बताए ।

 

आईतबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको घुम्ती खाद्य प्रयोगशालासहितको टोली चितवनमा आएर साना तथा ठुला गरि ४५ भन्दा बढी होटलहरुको अनुगमन गरेको हो ।
चितवनमा भएका ठुला होटलहरुको अनुगमनमा होटलका भान्सा सफ नभई नर्क सरह रहेको पाईएको सवेदीले बताए । अनुगमनको क्रममा प्राय होटलको भान्सा फाहोर देखिनुका साथै खाना बनाउदाँ प्रयोग गरिने तेल गुणस्तरहिन रहेको पाईयो ।

अनुगनको क्रममा होटल रेड कार्पेट, सेन्टल पाम, ग्लोबल होटलमा खाद्य सुरक्षामा ध्यान नदिएको भेटिएको हो ।
नारायणगढका मुख्या सडकमा रहेका होटल तथा रेष्टुरेन्टहरुले बोटोमा धुँवा फाल्ने गरि भान्छा नराख्न समेत सुवेदीले आग्रह गरेका छन् । सुवेदीले शहिद चोकमा रहेको भेटघाट रेष्टुरेन्टले सडक तर्फ एडजस्ट फ्यान लगाएको भन्दै सो फ्यानलाई डेढ महिना भित्र हटाउन निर्देशन समेत दिएका छन् । आडैमा मिष्ठान्न भण्डाहरु रहेको भन्दै होटलले स्वास्थ्यमा प्रतक्ष असर पर्ने गरि फ्यान लगाएर सडक तर्फ फाल्ने पाउदैन्न । सो अवसरमा भरतपुर अस्पतालको दुई क्यान्टिनमा अनुगमन गर्दा रुचि खाजा घरमा म्यान नघेको तेल समोसा बनाउन प्रयोग भएको भेटिएपछि तेल समोसा दुवै नष्ट गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.