मन्त्री युवराज गरे चार घण्टा हेटौंडा अस्पतालको छड्के

 

हेटौंडा,फाल्गुन २६ । तीन नंम्बर प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले आज हेटौंडा अस्पतालमा चार घण्टा बिताउनु भएको छ । अस्पतालको छड्के गर्न निस्कनुभएका मन्त्री दुलालले डाक्टर, नर्ष, कर्मचारीहरुको हाजिर हेर्ने देखिलिएर उपचाररत बिरामीहरुलाई पनि भेट्न भ्याउनुभयो ।

मकवानपुर जिल्ला स्वास्थ्यका लागि कमजोर भएकाले अब यसको सुधारका लागि घच्घच्याउने उदेस्यले आईतबार दिउसो १२ बजे मन्त्रालयबाट अस्पतालमा निस्कनुभएका मन्त्री दुलाल अपरान्ह ४ बजे मात्र मन्त्रालयमा फर्कनुभयो । पछील्लो समय बिरामीको चाप निकै बढेको अस्पतालमा भईरहेको स्वास्थ्य सेवामा अझै सुधार गर्नका लागि मन्त्री दुलालले निर्देशन दिनुभयो ।

मन्त्री दुलालले हेटौंडा अस्पतालको एमेरजेन्सीकक्ष, ओपीडी, ल्याबहरु, प्रशासनिक क्षेत्र सबैतिर निरीक्षण गर्नुभयो । अस्पताल छिर्ने बितीकै प्रशानकक्षमा छिर्नुभएका दुलालले सबै कर्मचारी र डाक्टरको हाजिरीकपी मगाएर निरीक्षण गर्नुभयो । आएका केही कर्मचारीले पनि हाजिर नगर्ने, बिधुतिय हाजिर गरेका कर्मचारीहरुले रजिष्टरको हाजिरी नगरेको पाईएकाले अव पेपरलेस हाजिरीको मात्र प्रयोग गर्नका लागि निर्देशन दिनुभयो ।

अस्पताल जस्तो संबेदनसिल क्षेत्रका सबै जिमेवार भएर काम गरेमा जनगुनासोहरु आउने समस्या कम हुनेछ । तर पछील्लो समयमा बिरामीको सेवामा डाक्टरहरु उत्तिकै खटेपनि बिरामीको धेरै चाप भएका कारण एमरजेन्सी कक्षमा एउटा बेडमा दुईजना बिरामी राखेर उपचार गरिएको छ ।

यो पनि स् २८ करोडमा बन्नलागेको हेटौंडा अस्पतालमा मन्त्री दुलालको निरिक्षण, दिए यस्तो निर्देशन
अस्पतालमा अप्रेशन गरेपछी राखिने कक्षमा पनि सबै बेढ भरीभराउन रहेको र एमरजेन्सीमा पनि एउटा बेढमा दुईजना बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता भएको हेटौंडा अस्पतालका प्रमुख डाक्टर प्रबिण श्रेष्ट बताउनुहुन्छ ।

मन्त्री दुलालले प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडा, हेटौंडा अस्पतालका डाक्टर अस्पताल बिकास समितिका अध्यक्ष प्रकास पौडेल लगायत सबैलाई अस्पतालको सुधारका लागि निर्देशन दिनुभएको छ । अस्पताल सुधार गर्नका लागि डाक्टर, नर्ष, कर्मचारीहरु लागिपरेको र अहिले बिरामीको चाप पनि बढेकाले यसलाई अझे सुधार गरेर लगिने अस्पताल बिकाश समितिका अध्यक्ष पौडेलले बताउनुभयो ।

मन्त्री दुलाल आफैपनि रुघा र खोकीको समस्या भएकाले हेटौंडा अस्पतालमानै उपचार गराउनुभएको छ । उहाँलाई डाक्टरहरुले आराम गर्नका लागि सल्लाह दिएका छन् ।

Leave a Reply

Your email address will not be published.