पर्यटकीय सौराहाको होटल तथा रेष्टुरेन्टको भान्छामा लापरवाही (भिडियो)

चितवन, २७ फागुन । चितवनको पर्यटकीय नगरी सौराहामा रहेको ८ वटा रेष्टुरेन्ट र १ होटलले खाद्य सुरक्षामा लापरवाही गरेको भेटिएको छ । खाद्य स्वच्छता कायम राख्ने उद्देश्यले होटल तथा रेष्टुरेन्टहरुको स्तरीकरण गर्न सुरु गर्ने क्रममा ८ वटा रेष्टुरेन्ट र १ होटलले खाद्य सुरक्षामा लापरवाही गरेको भेटिएको हो ।
खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभाग काठमाडौँ, क्षेत्रिय कार्यालय हेटौडाँ, डिभिजन कार्यालय चितवनसहित सौराहोको क्षेत्रिय होटल संघ, क्षेत्रिय रेवान, प्रहरी, उपभोक्ता अधिकारकर्मी र पत्रकारसहितको टोलीले अनुगमन गर्दा यस्तो खाद्य स्वच्छताको न्यूनतम मापदण्ड पुरा नगरेको भेटिएपछि स्टीकर दिन नसकेको खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले जानकारी दिए ।

 

 

उनका अनुसार सौराहाको ८ वटा रेष्टुरेन्ट र १ होटलले किचन साधुरो, ढोका खोल्दा झिकाँ आएपछि तोकिएको स्वच्छताको ५० वटा सूचकहरूका आधारमा एक सय पूर्णांकमा होटलको मूल्यांकन गरेर होटलको स्तरीकरण गर्दा ५० भन्दा कम अकं अएपछि स्टिकर टाँस्न नसकेको डिभिजन कार्यालय चितवनका प्रमुख विक्की राउतले जानकारी दिए ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण होटल व्यवसायमा गरिने सेवा प्रभावहमा गुणस्तर अभिबृद्धि गर्ने, खाद्य बस्तुको स्वच्छता कायम गरि सर्वसाधारण उपभोक्ताको स्वास्थ्य र सुविधा कायम गर्ने, होटल तथा रेष्टुरेन्टहरुमा स्वच्छ प्रतिस्पर्धा कायम गराउने, होटलहरुले सेवाको गुणस्तर अभिबृद्धि लैजाउन भन्ने मुल उद्देश्यका साथ होटलहरुको स्तरीकरण गर्न सुरुवात गरिएको अनुसन्धान अधिकृत ईश्वर सुवेदीले स्पष्ट पारे ।
सौराहामा १ सय १० वटा होटल तथा ५२ वटा रेस्टुरेन्ट रहेकोले क्रमैसगँ अनुगमनसगैँ स्तरीकरण गर्ने विभागले जनाएको छ । सो अवसरमा क्षेत्रिय होटल संघका अध्यक्ष सुमन घिमिरे, रेवान सौराहाका अध्यक्ष गोर्कण गिरी लगायतको सहभगी थियो ।
होटलकोे स्तर वर्गीकरण गर्दा खाद्य स्वच्छताको ५० सुचकमा ९० देखि माथि अंक ल्याउने होटललाई ३ तारा र (क) सहित अति उत्तम लेखिएको हरियो स्टीकरको स्तरीकरण लोगो प्रदान गरिन्छ ।
सो अवसरमा १८ वटा होटल तथा रेष्टुरेन्टको खाद्य स्वच्छता हेरिएको थियो । जस मध्ये सौराहाको केसी रेष्टुरेन्टले र तोकिएको मापदण्ड राम्रोगरेपछि हरियो उत्तम स्टीकर पाएको थियो ।

Leave a Reply

Your email address will not be published.