शिक्षकले नै विद्यार्थीलाई जुत्ता चाट्न लगाएपछि…

काठमाडौं,२८ फागुन । सहपाठीले खाइरहेको विस्कुट खान दिने बहानामा ओखलढुङ्गाका शिक्षक सुजन सुनारले शिशु कक्षाका विद्यार्थीलाई जुत्ता चाट्न लगाएका छन् । चार वर्षका रिकेश नेपाली र आकाश दर्जीलाई सहपाठी जोन दर्जीको जुत्ता चाट्न लगाएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

रिकेश नेपालीले घर गएर अभिभावकलाई भनेपछि यो कुरा बाहिर आएको हो । उता शिक्षक सुजन सुनुवार भने जुत्ता चाट्न नलगाएको तर खुट्टाचाहिँ ढोगाएको बताउँदै आएका छन् ।

यस्तै पीडित बालककी आमाले पम्फा नेपालीले आफुलाई हेडसरले पनि गाली गरेको बताउछिन् । हेडसरको भनाई उद्धृत गर्दै पम्फाले भनिन्, ‘तिमीहरुका बच्चा स्कुलमा नल्याउनु भन्नुभयो ।’ त्यसैगरि प्रधानाध्यापक नारायण दाहाल भने आफ्नो बचाउ गर्दै भन्नुभयो, ‘सरले नमस्कार गर भन्नुभएको रहेछ, बच्चाले खुट्टा नै ढोगेछन् ।’

Leave a Reply

Your email address will not be published.