चितवनमा छोरीलाई करणी गरेर बाबु फरार

चितवन २५ चैत । चितवनमा एक जना बाबुले आफ्नै छोरीलाई जवरजस्ती करणी गरि फरार भएका छन् । पीडितका तर्फबाट प्रहरीमा किटानी जाहेरी दिएपछि छोरीलाईनै बाबुले जवरजस्ती करणी गरेको पाईएको हो । चिया पसल संचालन गर्दै आएका बाबुले श्रीमती नभएको मौका छोपी छोरीलाई करणी गर्ने गरेको जाहेरीमा उल्लेख गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ति बाबुले छोरीलाई ३,४ महिना अघिदेखी करणी गर्दै आएको वताईएको छ । स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खवर गर्दा ति अभियुक्त सोमवार विहानदेखी फरार भएका छन् । फरार अभियुक्तको तीव्र रुपमा खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवंम् प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जानकारी दिए ।