चितवनमा विप्लवका एक कार्यकर्ताले गरे पार्टी परित्याग

चितवन, २९ चैत । चितवनमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । चितवनको भरतपुर महानगरपालिका वडा न १४ सुन्दर वस्तीका लछुराम विश्वकर्माले एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको जानकारी गराएका हुन् ।
२०७१ साल देखि विप्लव नेतृत्वको पार्टी नेपाल कम्यूष्ट पार्टीका विभिन्न तहमा रही जिम्मेवारी संम्हालेका विश्वकर्मा एक व्यवसायी पनि हुन् ।
विश्वर्माले विगत एक बर्ष देखि आफु निष्कृय रहेको अब देखि कुनै पार्टीमा संलग्न नभई स्वतन्त्र बस्ने भन्दै पार्टी परित्याग गरेका हुन् ।