चितवनमा राईनोकुञ्ज पर्यटन मेला आज बाट, जैविक विविधताको संरक्षणका लागि सामुदायीक वनमा दौड

चैत्र ३०, चितवन,

पर्यटन वर्ष २०२० लाई टेवा र्पुयाउने उद्धेश्यका साथ चितवनको भरतपुर महानगरपालिका–१३ मा आयोजीत राईनोकुञ्ज पर्यटन मेला उद्धघाटन हुदै छ । आज चैत्र ३० गते शनिवार देखि वैशाख २ गतेसम्म संचालन हुने मेलाको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले एक औपचारीक कार्यक्रम विच उद्धघाटन गर्ने छिन् । वडाको सक्रियतामा सञ्चालन हुनलागेको मेलामार्फत भरतपुर १३ राईनोकुञ्जको प्रचार प्रसारलाई जोड् दिने वताईएको छ ।

मेला क्रस कट्री दौड
जैविक विविधताको संरक्षण र पर्यापर्यटनको विकासकास र प्रचार प्रसार लागि मेलामा क्रस कट्री दौड सम्पन्न गरीएको छ । बाटुली पोखरी मध्यवर्ती सामुदायीक वन उपभोक्त समुह र बेलसार मध्यवर्ती सामुदायीक वन उपभोक्ता समुह भित्र विहान दौडको आयोजना गरीएको थियो । करिव ९ कि.मीको दौड २८ मिनेट ५१ सेकेन्डमा पुरा गर्दै काठमाडौंका रमेश मुग्रराती प्रथमा हुदै नगद १५ हजार जिते । ३० मिनेट ३० सेकेन्डमा आफ्नो दौड यात्रा पुरा गर्दै काठमाडौंकै ओम प्रकाश जोशी द्धितिय हुदै १० हजार जिते । क्रमश चितवनका पविन क्षेत्रीले ३१ मिनेट ३१ सेकेन्ड मा आफ्नो दौड पुरा गर्दै नगद ५ हजार प्रप्त गर्दा तृतीय भए । ३३ मिनेट २५ सेकेन्डमा आफ्नो दौड पुरा गर्ने समुन्नत विक सान्त्वना हुदै नगद १ हजार जिते । सामुदायीक वन भित्र गरिएको दौडमा ३५ भन्दा बढिको सहभागीता थियो ।

केके छ मेलामा
मेला अवधिभर वडाका ऐतिहासिक एवम् धार्मिक स्थलहरुको अवलोकन, जीप सफारी, हात्ती सफारीमार्फत चितवन राष्ट्रिय निकुन्ज भित्रका जंगली जनावर र चराचुरुङ्गीहरुको अवलोकन, राप्ती तथा वाटुलीपोखरी तालमा डुङ्गा सयर, विभिन्न जातिका आआफ्नै कला संस्कृति झल्कने झाँकिहरुको प्रर्दशनी र थारु, वोटे, तामाङ, गुरुङलगायतका विभिन्न जनजातिहरुका भेषभुषा तथा कलासंस्कृतिको अवलोकन गर्न पाइने वडा अध्यक्ष एवम् राइनोकुञ्ज पर्यटन मेला २०७५ का संयोजक प्रकाश दवाडीले बताए । मेलामा नयाँ वर्ष स्वगत स्वरुप आज साँझको कार्यक्रममा फुडेफेस्टिबलको तयारी गरिएको छ । जहाँ स्थानीय परिकारहरू चिचर, घोंगी, कुखुरा र हाँसका परिकारका साथैं स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम रहेका छन् ।

राईनोकुञ्ज कस्तो वडा
पर्यटकीय नगरी सौराहाको झल्को मेटाउने गरेर यस वडालाई राइनोकुञ्ज पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै प्रवर्द्धन गर्न लागिएको छ । चितवन राष्ट्रिय निकुन्जको संगममा रहेको राईनोकुञ्ज क्षेत्रमा छितामाई मन्दिर, बाटुली पोखरी ताल, शहीद पार्क, कमल पोखरी, श्रमिक ताल, भ्यु टावर लगायतका थुप्रै पर्यटकीय स्थलहरु रहेका छन् । भरतपुर महानगरपालिकाको १३ नम्बर वडा क्षेत्रका साबिक गीतानगर गाविस र पटिहानी गाविस क्षेत्रका केहि वडानै भरतपुर १३ राईनोकुञ्ज वडा हो । सौराहा क्षेत्रको विपरीत दिशामा रहेकोले पनि यस क्षेत्रलाई हिजोआज ‘मिनी सौराहा’ को रुपमा लिने गरिएको छ । सरकारले यो क्षेत्रलाई पर्यटकीय गन्तब्य घोषणा गरिसकेको छ ।

सर्वसाधरणका लागि २५ रूपैयाँ र विद्यार्थीका लागि १५ रुपैयाँ प्रवेश शुल्क राखिएको मेलामा १०० वटा स्टल रहने छन् । मेला सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । भरतपुर विमानस्थलसम्म हवाई यात्रा र त्यहाँबाट करिब १४ किलोमिटर दूरी पार गरेपछि राईनोकुञ्ज क्षेत्र पुगिन्छ ।